
गोल्डेन बुढा पुष २४ गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जुम्ला प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा र ज्ञानपनपत्र बुझाएको छ । नेकपाले केही जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र र संविधाननै बुझाएका हुन् ।
नेपाल संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत पनि प्रधानमन्त्रीलाई संविधानको धारा र ज्ञापनपत्र पठाएको नेकपा जुम्लाका अध्यक्ष विरबहादुर कुवँरले बताउनुभयो ।
शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको अध्यक्ष कुँवर र सचिव तिर्थ बुढा सहितको जिल्ला कमिटिले केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको धाराहरु प्रमुख जिल्ला अधिकारी मार्फत पठाईएको हो ।प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा जुम्लावासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्र पठाएको र संसद विघटन विरुद्ध निरन्तर आन्दोलन हुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम चालेको नेकपा प्रचण्ड र माधव नेपाल पक्षको छ ।प्रधानमन्त्री ओलीलाई पठाईएको विरोध पत्रमा संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको उल्लख छ ।
गत पुस ५ गते गरिएको संसद घिटन विरुद्ध सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने, प्रधानमन्त्रीको पुल्ला दहन गर्ने, लाल्टिन जुलुस, सहित विभिन्न कार्यक्रम गरिरहेको प्रचण्ड(माधव समूहले गरिसकेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा संविधानको पालन नगरेको र उनले संसद विघटन गर्दा आधार मानेको संविधानको धाराले संसद विघटन गर्न नमिल्ने भन्दै प्रचण्ड–माधव समूहले जनवर्गीय संगठनसहित पार्टीको अगुवाइमा प्रमुख जिल्ला अधिकारी मार्फत संविधान र ज्ञापनपत्र बुझाएका हुन् ।
प्रधानमन्त्रीको यो कदमको विरोधमा नागरिक समाज,सामाजिक अभियन्तालगायत विपक्षी राजनीतिक पार्टीहरुले सडक संर्घष गर्दै आएका छन् ।नेकपा प्रचण्ड–माधव समूहले सबैसँग आन्दोलनमा साथ दिन आग्रह गरिरहेका छन् ।यता ओली समूहले पनि देशभर कार्यक्रम गरेर संसद विघटन वाध्यकारी भएको भन्दै ताजा जनादेशका लागि चुनावमा जानु पर्ने प्रक्षिण तथा भेला कार्यक्रमहरु गर्दै आएको छ ।