चन्दननाथ भैरवनाथ मन्दिरको सेरा खेतमा रोपाइ – Karnali News

चन्दननाथ भैरवनाथ मन्दिरको सेरा खेतमा रोपाइ

 २४ जेष्ठ २०८०, बुधबार १९:२०  

सिता कुमाई, जेष्ठ २४ जुम्ला
चन्दननाथ भैरवनाथ मन्दिरको सेरा खेतमा आज रोपाइ गरिएको छ । परम्परागत रुपमा रोपिदै आएको कालो मार्सी धान सेरा खेतमा रोपिएको हो । चन्दनाथ बाबाले भारतको कास्मिरबाट ल्याएर खेति सुरु गरिएको मार्सीलाई नै चन्दननाथ भैरवनाथको खेतमा रोपिएको हो । हरेक बर्षको जेठ १४ हुने रोपाइ हुँदै आएकोमा यस बर्ष बिउको अभावका कारणले रोपाइ ढिलो भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनु भएको छ ।

चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनको लागि मार्सी धान रोप्ने गरिन्छ । त्यस्तै सेरा ज्येलो रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरिन्छ । जुम्लाको धार्मिक इतिहास संग जोडिएको सेरा ज्युलोमा मार्सिधान रोप्दा गर्दा मागल गाउने परम्परा पनि रहेको छ । थापाका अनुसार परम्परागत रुपमा रोपाइ हुदै आएको सेरा खेतमा यस बर्ष २२ भारी खेतमा रोपाइ गरिएको छ ।

पहिले सेरा ज्युलोमा रोपाइ गरिने भएको भए पनि केहि बर्ष यता सिंचाइ कुलोको अभावले सेरा खेतको २२ भारीको आँखे डाबमा मात्र रोपाइ गरिएको थापाले जानकारी दिनुभएको छ । पहिले चन्दननाथ भैरवनाथ मन्दिरको सेरा खेतमा रोपाइ छ भन्ने थाहा पाए लगतै जुम्लामा नागरीहरु आफुले सकेको सहयोग सहित सेरा खेतमा रोपाइ गर्ने आउथे थापाले भन्नुभयो, हिजो आजको समयमा मानिसमा मानवता हराउदै गएकोले सहयोग माग्दा पनि सहयोग गर्ने परम्परा नै हराएको छ ।

सेरा खेतमा रोपाइ हँुदा रोपाइका लागि गोरु, हलो, हलि र अन्य आवश्यक साम्रगी सहित स्थानीयहरु रोपाइ गर्न आउथे अहिलेको समयमा रोपाइको सम्पूर्ण काम गुठीले नै गर्नु परेको उहाँको भनाइ छ । थापाका अनुसार यस वर्ष सेरा खेत रोप्न राखिएको बिउ बिग्रे पछि जुम्लाबासीहरुको सहयोगले रोपाइ गरिएको छ ।

यस बर्षको रोपाइमा तातोपानी गाउँपालिकाको लिताकोट, लाम्रा, हाँकु र चन्दनाथ नगरपालिको वडा नम्बर ८ र ९ बाट बिउ ल्याएर रोपाइ गरिएको उहाँले जाकारी दिनुभयो । उहाँका अनुसार आज सम्पन्न सेरा खेत रोपाइमा जुम्लाका स्थानीय लगायत चन्दननाथ माध्यामिक विद्यालयका छात्राहरु र अन्य नागरिकको उपस्थितिमा रोपाइ गरिएको छ ।

रोप्न आउने स्थानीयहरुले आफुले सके अनुसारको बिउ ल्याएकाले रोपाइ गर्न सहज भएको थापाले बताउनु भयो । यस वर्षको रोपाइमा चारहल गोरु र रोप्नेरी लगायत अन्य व्यवस्थापन चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले गरेको उहाँको भनाइ छ । मानिसमा मानवता र अपनत्व हराउदै गएको भए पनि करिब ३ सय मानिसको उपस्थितिमा रोपाइ गरिएको उहाँको भनाइ छ ।

सेरा खेत रोपाइ गर्न पानी उपलब्ध गरेर सहयोग गर्ने जुम्ला उद्योग वाणिज्य संघ जुम्ला, रोप्नेरी पठाइ सहयोग गर्ने चन्दननाथ मावि र रत्नचुण्डेश्वर माविका छात्रा, बिउ उपलब्ध गराउने स्थानीयबासि र गोरु दिएर सहयोग गर्ने सम्पूर्णलाई चन्दनाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले दिनु भएको छ ।