कम्प्युटर साक्षरता अभियान अन्तर्गत PDICA कार्यक्रमको उद्घाटन – Karnali News

कम्प्युटर साक्षरता अभियान अन्तर्गत PDICA कार्यक्रमको उद्घाटन

 २३ पुष २०७९, शनिबार १८:२४  

रामकृष्ण बुढा, पुष २३ जुम्ला
जुम्लामा कम्प्युटर साक्षरता अभियान अन्तर्गत एक वर्षे PDICA कार्यक्रमको उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेस कुमारी केसरीले यक्त कार्यक्रमको उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उहाँले प्राविधिक ज्ञान प्राप्त भएमा काम विहिन हुनु पर्ने अवस्था नआउने बताउनु भयो ।

कम्प्युटर सम्बन्धि ज्ञान भएको मानिसले जसरि पनि जीवन निर्वाह गर्न सक्ने उहाँको भनाइ छ । नेपाल सरकारले माग गर्ने कम्प्युटर अर्पेटर र अन्य निजामति सेवामा प्रवेश गर्नको लागि उहाँले PDICA कोर्षमा भर्ना भएका विद्यार्थीलाई अनुरोध गर्नु भएको छ । अहिलेको समय प्रविधि र कम्प्युटर भएका हुनाले हरेक व्यक्तिले यसका बारेमा जान्न र बुझन आवश्यकता रहेको केसरीले औँल्याउनु भयो ।

उहाँले भन्नुभयो, आईटि सम्बन्धि काम गर्नको लागि कम्प्युटर सम्बन्धि ज्ञान हुनु पर्छ । कम्प्युटर स्टिटमबाट नागरिकता वितरण गर्ने, राहदानी र राष्ट्रिय परिचय पत्र लगायतका सिस्टमको विकास आफु लगायतका व्यक्तिले गरेको उहाँले जानकारी गराउनु भयो । वैज्ञानिक युगको सुरुवात भएकाले अहिले कम्प्युटर अनिवार्य जस्तो भइसकेको केसरीले बताउनु भयो ।

उहाँका अनुसार, हातमा सीप र ज्ञान भएका व्यक्तिले जहाँ गएपनि काम पाउने जानकारी गराउनु भयो । जुम्लाका हकमा PDICA नयाँ कार्यक्रम भएकाले कम्प्युटर सम्बन्धि ज्ञान हासिल गर्न उहाँले अनुरोध गर्नु भएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रवहादुर शाहीले कम्प्युटर शिक्षा अनिवार्य र आवश्यकताको विषय बनि सकेको बताउनु भयो ।

हरेक कामहरु कम्प्युटरबाट गर्नु पर्ने समयको सुरुवात भएकाले नयाँ पिडिले कम्प्युटर सिक्नु पर्ने बाध्यता जस्तो भइ सकेको उहाँको भनाइ छ । शाहीका अनुसार, निजामति देखि सार्वजनिक सेवामा कम्प्युटर शिक्षा अनिवार्य भएकाले ध्यान दिएर शिक्षा आर्जन गर्न उहाँले आग्रह गर्नु भएको छ । जुम्लामा कम्प्युटर सम्बन्धिको साक्षरता अभियान पहिलो भएकाले सबैले बुझेर यसका बारेमा ज्ञान लिनु पर्नै उहाँको भनाइ छ ।

न्यु टेक्नोलोजि इन्ष्ट्रिच्युट जुम्लाका मक्करवहादुर हमालले कम्प्युटर सम्बन्धि ज्ञान नभएका व्यक्तिले काम पाउन गाह्रो हुने समय आइ सकेको बताउनु भयो । आजको युग कम्प्युटरको हो उहाँले भन्नुभयो, जोसँग यसको ज्ञान छ त्यहि व्यक्तिले लाखौँ रकम कमाउन सक्छ । कम्प्येटर सम्बन्धि ज्ञान भएमा जागरिको लागि चिन्ता लिनु पर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

PDICA को कोर्ष पुरा गर्नको लागि एक वर्षमा ११ देखि १५ हजार रुपैयाँ खर्च गरेमा यो शिक्षा आर्जन सकिने हमालको भनाइ छ । उहाँका अनुसार, कर्णालीका १० वटै जिल्लाका ४० जना विद्यार्थीले एम्क्ष्ऋब् कोर्ष जुम्लामा सिकि रहेको जानकारी गराउनु भयो । कम्प्युटर सिक्न चाहने विद्यार्थीले जति बेला आएर पनि भर्ना हुन सक्ने उहाँले बताउनु भयो ।

राईट स्टेभ एजुकेसन कपिलवस्तुको आयोजना र न्यु टेक्नोलोजि इन्ष्ट्रिच्युट जुम्लाको प्राविधिक सहयोगमा जुम्ला सदरमुकाममा शनिबारका दिनमा कम्प्युटर साक्षरता अभियान अन्तर्गत एक वर्षे एम्क्ष्ऋब् कार्यक्रमको उद्घाटन गरिएको हो । राईट स्टेभ एजुकेसन २०६८ सालमा कपिलवस्तुमा स्थापना भएको हो ।

हाल नेपाल भरीका ५९ वटा जिल्लाका झण्डै ८० वटा स्थानीय तहमा कार्यक्रम संचालन भइरहेको छ । राईट स्टेभ एजुकेसनले प्रति वर्षमा झण्डै ४० हजार भन्दा बढी दक्षजनशक्ति उत्पादन गर्दे आएको बताईएको छ । वैदेशिक रोजगार वा स्वदेशमा रोजगारी सृजनाका लाग कम्प्युटर सम्बन्धिको शिक्षा संस्थानले प्रदान गर्दै आएको छ ।