माया सदन र कर्णाली माविका बहिरा बालबालिकालाई पछाईको सहयोग – Karnali News

माया सदन र कर्णाली माविका बहिरा बालबालिकालाई पछाईको सहयोग

 २३ पुष २०७९, शनिबार १८:००  

नौरते नेपाली, पुष २३ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर ३ कोटेसाँघु नजिकै रहेको माया सदन र कर्णाली मावि अनामनगरमा अध्ययनरत बाहिरा बालबालिकालाई सारादा पछाईले सहयोग गर्नु भएको छ । माया सदनमा टुहुरा बालबालिकाहरु बस्दै आएका छनभने कर्णाली मावि अनामनगरमा फरक क्षमता भएका बहिरा बालबालिका बस्ने गरेका छन् ।

चिसोको समयमा उनिहरुलाई न्यानो कपडा र खाद्यन्न सामान उपलब्ध गराएको पछाईले बताउनु भयो । प्रति बालबालिकालाई ज्याकेट, मफलर, हुफ तथा चामल, दाल, चिनि र चियापति लगायतका सामान उपलब्ध गराएको उहाँले जानकारी गराउनु भयो । पछाईका अनुसार चिसोको समयमा बालबालिकालाई राहत होस भनेर न्यानो कपडा उपलब्ध गराएको बताउनु भयो ।

उहाँले भन्नुभयो, मेरो जन्मदिनको अवसर पारि टुहुरा र बाहिरा बालबालिकालाई सहयोग गरेको हुँ । जन्मदिनको अवसरमा उनिहरुसँगै बसेर केक काटेर मनाएको पछाईको भनाइ छ । जन्मत्सवका बेला गरिने फजुल खर्चलाई बचाएर टुहुरा र बहिरा बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी भएको उहाँले बताउनु भयो ।

६ जना बाहिरा र ३५ जना माया सदनमा रहेका टुहुुरा बालबालिकासँगै बसेर जन्मदिन मनाउदा आफुलाई छुट्टै अनुभूति भएको पछाई सुनाउनु भयो । अभिभावक विहिन र बहिरा बालबालिकालाई जन्मदिनको अवसरमा सानो भएपनि सहयोग गर्ने अवसर मिलेको प्रति उहाँले खुसी व्यक्त गर्नु भएको छ ।

हरेक व्यक्तिले जन्मदिनको अवसरमा केक काटेर होटलमा गएर गरिने खर्चलाई समाज सेवमा प्रयोग गर्न सके सन्देश फरक जाने उहाँको भनाइ छ । पछाईले भन्नुभयो, दुःखमा परेका बालबालिकाका लागि गरिने सहयोगले उनिहरु खुसी भएका छन् । जुम्लामा माईनस चिसोको समयमा उपलब्ध गराईएको कपडा र खाद्यन्नले केहि राहत पुगेको महसुस गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।

हरेक व्यक्तिलाई जन्मत्सव तथा अन्य फजुलमा गरिने खर्चलाई बचाएर दिनदुखी र समस्यामा परेका व्यक्तिलाई सहयोग गर्न उहाँले सबैलाई अनुरोध पनि गर्नु भएको छ ।