
नौरते नेपाली, पुष २१ जुम्ला
जुम्लामा विहिबारका दिन अटो दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । तातोपानी गाउँपालिका वडा नम्बर १ बाईराँका बस्ने अन्दाजि २९ वर्षका पुरन सार्कीको घटना स्थलमै र तिला ३ थापा गाउँका अन्दाजि वर्ष २० का आकास थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दले जानकारी गराउनु भयो ।
तिला गाउँपालिका वडा नम्बर ३ त्रिवेणीमा विहिबार दिउसो करिब ३ बजेतिर क १ स ११ नम्बरको अटो दुर्घटना भएको उहाँको भनाइ छ । चन्दका अनुसार, अटोमा दुईजना मात्रै सवार रहेको बताउनु भयो । जुम्ला बजारबाट गएको अटोले नाग्मसम्म चाउमिन र पाउरोटि पुराई फर्कि सकेको र त्रिवेणीमाबाट बजातिर फर्किने क्रममा चालकले नभइ अर्काे व्यक्तिले चलाएको हुनाले दुर्घटना भएको चन्दले बताउनु भयो । अटो चलाउने वास्तविक चाल फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।