नेकपा एमालेले प्रदेशसभाका उम्मेदवाहरुको नाम प्रस्तावित गर्यो – Karnali News

नेकपा एमालेले प्रदेशसभाका उम्मेदवाहरुको नाम प्रस्तावित गर्यो

 १९ भाद्र २०७९, आईतवार ०८:००  

भदौ १९ जुम्ला
भदौ १८ जुम्ला । नेकपा एमाले जुम्लाले प्रदेशसभाका प्रत्यक्ष तर्फका उम्मेदवाहरुको नाम प्रस्तावित गरेको छ । आगामी मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फको उम्मेदवारहरुको नाम प्रस्तावित गरेको हो । प्रदेशसभा (क) र (ख) बाट प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम प्रस्तावित गरेको हो ।

प्रदेशसभा (क) बाट धिरेन्द्रराज गिरी र गगन बुढथापाको नाम प्रस्तावित गरेको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताउनु भयो । उहाँका अनुसार प्रदेशसभा (ख) बाट टेकराज पछाईको नाम प्रस्तावित भएको जानकारी गराउनु भयो । प्रदेश सभा (ख) बाट टेकराज पछाईका मात्र नाम प्रस्तावित भएको अध्यक्ष महतको भनाइ छ ।

उहाँका अनुसार प्रदेशसभा (ख) बाट पछाईको मात्र नाम प्रस्तावित भएकाले जिल्ला कमिटीलाई सिफारिस गर्न सहज हुने उहाँले जानकारी गराउनु भयो । प्रदेशसभा (क) र (ख) बाट प्रस्तावित नामहरु माथि नेकपा एमाले जिल्ला कमिटीमा आईतबार छलफल हुने अध्यक्ष महतले बताउनु भयो ।

प्रदेशसभा सदस्यहरुको नाम नेकपा एमाले जिल्ला कमिटीमा छलफल गरि प्रदेश कमिटीमा पठाईने उहाँको भनाइ छ । अध्यक्ष महतले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको उम्मेदवारको नाम प्रस्तावित नभएको बताउनु भयो । आईतबारका दिन बस्ने नेकपा एमाले जिल्ला कमिटी जुम्लाको बैठकबाट नाम टुंगो लाग्ने उहाँको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको समानुपातिक तर्फका उम्मदेवारको नाम जिल्ला कमिटीले सिफारिस गरि प्रदेश कमिटीमा पठाउने अध्यक्ष महतले बताउनु भयो ।

यसैगरि, नेपाली काँग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभाको नाम टुंगो लगाएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको हो ।जुम्लामा शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको पार्टी सचिव अर्जुनसिंह कठायतले बताए । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम रहेको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन (ख) प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक तर्फ १२ जना नाम सिफारिस भएको काँग्रेस जुम्लाले जनाएको छ ।प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ देवेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल र जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरेको जनाएको छ । प्रतिनिधि सभाको समानुपातिक तर्फ गिता शाही, जयहरी आचार्य, परेकलाल धर्ती, भिमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सेजुवालको नाम सिफारिस गरिएको छ ।

प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ अर्जुनसिंह कठायत, खड्क बहादुर सेजुवाल, दिनवन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ उमा बुढा रावत, कार्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दिपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिसमा परेको छ ।

त्यसै गरी पुन्नकली महतारा, विरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगविर नेपालीको नाम समानुपातिक तर्फ सिफारिस भएको छ ।प्रदेश निर्वाचन (ख) प्रत्यक्ष तर्फ दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको जनाएको छ ।

समानुपातिक तर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरविर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको जनाएको छ ।