
रामकृष्ण बुढा, साउन २३ जुम्ला
जुम्लाको सिंजा गाउँपालिका र कनकासुन्दरि गाउँपालिकाका ५ सय भन्दा बढी कामदारले दुईवर्ष देखि सडकमा काम गरे वापतको ज्याला नपाएको गुनासो गरेका छन् । नाग्म मुगु राजमार्गको सिंजा गाउँपालिकाको घोडेङ्गा देखि कनकासुन्दरिको रोकायावाडा सम्मको ७ किलोमिटर सडक खण्ड स्तरवृद्धिका लागि काम गरेका कामदारहरुले ज्याला नपाएको गुनासो गरेका हुन् ।
सिंजा गाउँपालिकाका ३ सय र कनकासुन्दरी गाउँपालिकाका २ सय जना कामदारले ज्याला नपाएको बताएका छन् । काम गरेको दुई वर्ष भईसक्दा पनि ज्याला नभएको मानवहादुर कामीले बताउनु भयो । प्रति दिनको ५ सय रुपैयाँका दरले ज्याला दिने भनि काम गराएको र अहिलेसम्म काम गरे वापतको ज्याला नपाएको उहाँको भनाइ छ ।
कामी जस्ता सयौँ कामदारहरु ज्याला नपाउदा दुखि भएका छन् । नेपाली काँग्रेसका पार्टी सभापति कर्णवहादुर शाहीको टेक्क पेटिमा दिपक शाहीले लिएको र दिपक शाहीले नै कामदारलाई ज्याला नदिएको खुलेको छ । ५ करोड ७० लाख रुपैयाँका लागमा ७ किलोमिटर सडकको कामदाहरुले काम गरेका छन् । नेपाली काँग्रेसका जुम्लाका पार्टी शाही, सिंजा गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष रणवहादुर रोकाया, रणबहादुर रोकायाका भाई दत्तवहादुर रोकाया र दिपक शाही ४ जना ठेकेदारले कामदारलाई ठगेको पृथ्वीबहादुर रोकायाले बताउनु भयो ।
मेसिनरि वाल र नालामा काम गरे वापतको ज्याला नपाएको उहाँको भनाइ छ । काम गरेको ज्याला नपाएमा सडक बन्द गर्ने कामदारहरुले चेतवानी समेत दिएका छन् । रोकायाका अनुसार ठेकेदारसँग पैसा माग्दा दुवै जनाको लेनदेनमा कुरा नमिलेका कारण मुद्दा चलेको र फैसला भएमात्र पैसा पाउनुहुन्छ भन्ने जवाफ दिने गरेको बताउनु भयो ।
पेटि ठेकेदार रणवहादुर रोकायासँग पैसा माग्दा कर्ण बहादुर शाहीले दिएकै छैनन् ? म कताबाट ल्याएर दिनु भन्ने जवाफ आउने गरेको उहाँको भनाइ छ । मुख्य ठेकेदार कर्ण बहादुर शाहीबाट पेटिमा ठेक्का लिनु भएका ठेकेदार दिपक शाहीसँग पैसा माग्दा मसंग रणबहादुर रोकायाको कुनै लेनदेन नभएको र सम्झौता पनि नभएको दिपक शाहीले बताउने गरेको कामदारले गुनासो गरेका छन् ।
कामदार पृथ्वीवहादुर रोकायाले भन्नुभयो, कर्णबहादुर शाहीका भान्जा दिपक शाहीले मानवहादुर कामीलाई काम दिएको र आफुलाई काममा लगाउने मानबहादुर कामी रहेको बताउनुभयो । उहाँका अनुसार आफुले दश दिन काम गरेको र प्रतिदिनको ५ सय रुपैयाँका दरले ५ हजार रुपैयाँ पाउनु पर्नेमा दुईवर्ष भईसक्दा पनि नपाएको गुनासो गर्नुभयो ।
यस्तै सिंजा गाउँपालिका घोडेङ्गाका पेटी ठेकेदार सर्जन तिरुवाले कर्णबहादुर शाहीबाट १२ सय घनमिटरको साढे १६ सयका दरले ठेक्का लिएको बताउनु भयो । उहाँका अनुसार आफ्नो ६ सय जना कामदार रहेको र तिनीहरुले काम गरेको ज्याला नपाएको बताउनुभयो । तिरुवाका अनुसार दुई जनाको मुद्दा चलेका कारणले आफुले पैसा नपाएको र आफ्ना कामदाराले आफुलाई पैसा मागेर हैरान पारेको बताउनुभयो । उहाँले भन्नुभयो, मुद्दा छिनोफानो भएमा कामदारले पैसा पाउने जानकारी गराउनु भयो ।
तिरुवाका अनुसार आफुले लगभग १४ लाख रकम कर्ण शाहीबाट पाउन बाकि रहेको र त्यो पैसा पाएमा आफ्ना कामदारलाई बुझाउने बताउनुभयो । धनवहादुर कामीले पेटी ठेकेदार दिपक शाहीबाट आफुले काम लिएको र ग्याबिन भर्ने काम गरे वापतको रकम अहिले सम्मपनि नपाएको बताउनुभयो । कामीले भन्नुभयो, आफुले लगभग ८० हजार जति रुपैयाँ पाउनु पर्ने बताउनुभयो ।
आफुबाट तरकारी लिएको पैसा समेत नपाएको उहाँले गुनासो गर्नुभयो । यस्तै प्रेम प्रसाद आर्चायका अनुसार आफ्नो पसलमा खाएको सामानको झण्डै १ लाख जति रकम नपाएको बताउनुभयो । यस्तै दलवहादुर खत्रीका अनुसार आफ्नो समूहले काम गरेको ११ देखि १२ लाख सम्म पैसा दिपक शाहीबाट पाउनु पर्ने बताउनुभयो ।
कनकासुन्दरी गाउँपालिकाका हर्षवहादुर बुढाका अनुसार आफ्नो तरकारी र फ्रेस हाउसको सामान लिएको ४ लाख ५० हजार रुपैयाँ दत्तबहादुर रोकायाबाट पाउनुपर्ने बताउनुभयो । बुढाले भन्नुभयो, यो साईडमा दत्तबहादुर रोकायाले काम गर्नु भएको हो । उहाँका अनुसार आफ्नो सानो तरकारी पसलबाट यतिधेरै पैसा बराबरको सामान लिएर दुईवर्ष सम्म नपाउँदा घाटा व्यहोर्नु परेको बताउनु भयो ।
७ किलोमिटर सडक निर्माण गर्दा फाईदा आएको ६५ प्रतिशत कर्णवहादुर शाही र ३५ प्रतिशत रणवहादुर रोकायाको भाग लाग्ने सहमति अनुसार सडक स्तरवृद्धिको काम भएको हो ।