स्वास्थ्य राज्यमन्त्री केसीद्धारा प्रतिष्ठानको प्रयोगशाला भवन तथा अक्सिजन प्लान्टको उद्घाटन – Karnali News

स्वास्थ्य राज्यमन्त्री केसीद्धारा प्रतिष्ठानको प्रयोगशाला भवन तथा अक्सिजन प्लान्टको उद्घाटन

 २० श्रावण २०७९, शुक्रबार १३:३८  

नौरते नेपाली, साउन २० जुम्ला
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ । १ करोड २७ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रयोगशाला भवन र ५०.२ एनम क्यु एचआर क्षमताको अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको हो । साथै मन्त्री केसीले ६ वटा डाईलासिस मेसिन पनि प्रतिष्ठानलाई हस्तान्तरण गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राम्रो काम गरेको बताउनु भयो । राज्यले जुम्लामा स्थापना गरेको प्रतिष्ठानलाई थप सहयोग गर्न आफु प्रतिवद्ध रहेको उहाँको भनाइ छ । मन्त्री केसीले कर्णालीले डाक्टर उत्पादन गरि देशलाई दिन सक्ने क्षमता राखेकोमा राज्यलाई पनि गर्व गर्न लायक भएको बताउनु भयो । दुर्गममा देखिएको स्वास्थ्य समस्यालाई प्रतिष्ठानले हल गर्न सक्ने क्षमता राख्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, अनि मात्रै प्रतिष्ठान स्थापना भएको औचित्य सावित हुन्छ ।

कर्णालीमा कुपोषणको समस्या बढी भएकाले यसलाई न्युनिकरण गर्नको लागि प्रतिष्ठानले काम गर्नु पर्ने केसीको भनाइ छ । उहाँले भन्नुभयो, चेरे चौरमा निर्माण हुने शैक्षिक भवनका लागि आवश्यक सहयोग हुन्छ । यसका लागि ढुक्क हुनुहोस । कर्णालीमा अहिले पनि स्वास्थ्य शिक्षामा राज्यले लगानी गर्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, प्रतिष्ठानका लागि स्वास्थ्य मन्त्रालय सकरात्मक रहेको प्रतिक्रिया दिनु भयो ।

यस्तै प्रतिनिधिसभा सदस्य गजेन्द्र महत (कर्माले) राज्यले नचाहेसम्म केहि पनि नहुने बताउनु भयो । व्यक्तिले चाहदैमा सबै कुरा संभव हुन्छ भन्नु गलत भएको उहाँको भनाइ छ । सबै राजनीतिक दलको सहयोग, सद्भाव र सहानुभूतिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको महतले बताउनु भयो ।

सबै मैले मात्रै गरे भन्नु गलत हुने भन्दै उहाँले भन्नुभयो, व्यक्तिले चाहदैमा हुने भए बहुवर्षिय शैक्षिक भवन निर्माण लागि सहयोग गर्न अनुरोध गर्नुभयो । नेपालमा कर्मचारी तन्त्रले नचाहेसम्म काम नहुने बताउदै महतले भन्नुभयो, जनप्रतिनिधिको काम कराउने मात्रै हो । जनप्रतिनिधि कराउदा एउटा पनि योजना पर्देनन तर कर्मचारीले चाहेमा जति पनि योजना पर्ने गरेका छन् ।

मैले प्रत्यक्ष देखेको पनि छु, सांसद महतल भन्नुभयो । प्रतिष्ठानले दिएको सेवा गुणस्तरीय रहेको बताउँदै उहाँले अक्सिजनको अभावमा विरामीले ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य गरेकोमा प्रतिष्ठानलाई धन्यवाद समेत दिनु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले प्रतिष्ठानको कार्यबाट आफु सन्तुष्ट भएको बताउनु भयो ।

प्रतिष्ठानले अघि सारेका बहुबर्षिय योजनामा मन्त्रालयका तर्फबाट सहयोग हुने उहाँको भनाइ छ । सचिव पोखरेलका अनुसार दुर्गमका सबै जिल्लामा स्वास्थ्य सेवा विस्तार गर्दे कर्णालीका विरामीले सस्तोमा उपचार पाउनु पर्ने बताउनु भयो । अनुसन्धानका क्षेत्रमा प्रतिष्ठानले गरेको काम प्रति खुसी व्यक्त गर्र्दै उहाँले भन्नुभयो, देशलाई आवश्यक पर्ने डाक्टर उत्पादनले कर्णाली सिर माथि उठेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुपति डाक्टर मंगल रावलले विश्वको अग्लो ठाउँमा क्ष्ऋग् सेन्टर भएको पेरुमा पछि प्रतिष्ठान भएको दावी गर्नु भयो ।

असुन्धान गर्नको लागि दुनियामा यो भन्दा राम्रो ठाउँ कतै नभएको उहाँले तर्क गर्नुभयो । भेरी अस्पतालसँग क्लिनिकल पोष्टिङका लागि सम्झौता गर्ने तयारी भइरहेको उपकलपति रावलले बताउनु भयो । अक्सिजन प्लान्टबाट एक दिनमा १ सय ६० वटा सिलिण्डर भरिने भन्दै उपकुलपति डाक्टर रावलले हाल दिनमा ३०÷४० वटा सिलिण्डर भर्ने गरिएको बताउनु भयो ।

प्रतिमिनेट ८५० लिटर अक्सिजन उत्पादन हुने गरेको उहाँको भनाइ छ । रावलका अनुसार प्रतिष्ठानले उत्पादन गरेको अक्सिजन अन्य ठाउँमा पनि पठाउन सकिने बताउनु भयो । अक्सिजनका लागि प्रतिष्ठान सक्षम भएकाले अब बाहिरबाट अक्सिजन ल्याउनको लागि भर पर्नु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।

प्रतिष्ठानका रजिष्ट्रार नृर्पेन्द्र महतले भवन अभावका कारणले गर्दा १३ वटा घर भाडामा लिएर काम गर्नु परेको बताउनु भयो । प्रतिष्ठानले संचालन गरेका ब्याचुलर लेभलका कार्यक्रमहरुको पठनपाठनका लागि निर्माण व्यवसायि संघ र क्याम्पसको भवन भाडामा लिएर अध्यापन गराउनु परेको उहाँको भनाइ छ । महतका अनुसार प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन बताउनु भयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको उहाँको भनाइ छ । २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको महतले बताउनु भयो । मन्त्रालयले प्रतिष्ठानलाई ५ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको उहाँले जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो, अस्पतालमा मिर्गौलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका थिएनौँ, अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ । अस्पतालले आकस्मिक सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ ।