केवुलकारको सम्भाव्यता अध्ययन गर्ने नगरपालिकाको नीति – Karnali News

केवुलकारको सम्भाव्यता अध्ययन गर्ने नगरपालिकाको नीति

 १० असार २०७९, शुक्रबार १७:४८  

रामकृष्ण बुढा, असार १० जुम्ला
चन्दननाथ नगरपालिकाले ९ औँ नगरसभाबाट नीति तथा कार्यक्रम ल्याएको छ । अन्तर पालिका जोड्ने सडक तथा पर्यटन प्रवद्र्धन गर्न केवुलकारको सम्भाव्यता अध्ययन गर्ने, नगरपालिका क्षेत्रका महत्वपूर्ण स्थानहरुमा सघन सौर्य सडक बत्ति जडान गर्दै उज्यालो नगरपालिका बनाउने नीति तथा कार्यक्रम ल्याएको छ ।

नगरक्षेत्र भित्र हुने आपराधिक कार्यहरुको निगरानि गर्न सिसि क्यामरा जडान गर्ने, जुम्ला विमान स्थलको स्तरोन्ती तथा विस्तार गरिने नीति नगरपालिकाले सार्वजनिक गरेको छ । ४० सिट क्षमता भएको हवाई जहाज अवतरण गर्न सक्ने एयरपोर्ट निर्माणमा नगरपालिका केन्द्रित हुने नगर प्रमुख राजुसिंह कठायतले बताउनु भयो ।

उहाँका अनुसार नगरपालिका भित्र रहेका तिलानदि देखि केटिएस सम्म रहेको जुगाडा खोलाको दुवै तर्फका स्थानहरुमा पैदल तथा साईकल लेन विस्तारको योजना बनाई कार्यान्वयन गरिने बताउनु भयो । भ्रष्टाचारलाई शुन्य सहनसिलतामा झारी आर्थीक मितव्ययिताको नीति लागु लिइएको उहाँले बताउनु भयो । फोहोर फाल्ने डसबिनका रुपमा प्रयोग भएको जुगाड खोलालाई हरियाली बनाउने नीति सार्वजनिक गरिएको कठायतको भनाइ छ ।

सेवाग्राहिहरुको गुनासो तथा उजुरीहरुलाई छिटो छरितो सुनुवाई गर्दै सेवा दिने किसिमको संयन्त्र विकास गर्ने उहाँले बताउनु भयो । सरल तथा प्रविधिमैत्रि राजश्व संकलन गर्ने नीति अबलम्बन गर्दै एकद्धार प्रणालीवाट राजश्व संकलन र व्यबस्थापन गर्ने नीति नगरपालिकाले लिएको कठायतले बताउनु भययो ।

राष्टिय प्रशारणलाईनको ३३ केभिए लाईनको विस्तारको लागि पहल गर्ने, बजार क्षेत्रमा प्रत्येक घर तथा पसलबाट फोहोर मैला व्यवस्थापन शुल्क लिई सो शुल्क छुट्टै फोहोर मैला व्यवस्थापन कोष बनाई कोषमा जम्मा गरिने र सोहि प्रयोजनको लागि खर्च गरिने उहाँले बताउनु भयो । नगर प्रमुख कठायतका अनुसार आम नगरवासिको आयस्तरमा वृद्धि हुने तथा घर घरमा स्वरोजगार सिर्जना हुने कार्यक्रमहरु संचालन गरिने बताउनु भयो ।

स्थानीय सरकार र संचार माध्यम बिचको सम्बन्धलाई प्रगाढ बनाउने नीति लिइएको र व्यवसायी पत्रकारिताको लागि वृत्ति विकास गरिने उहाँले बताउनु भयो । नगर प्रमुख कठायतका अनुसार नगरपालिकाका हरेक नागरिकलाई निःशुल्क, आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गरिने बताउदै विद्यार्थी सिकाई भेला आयोजना गरी विद्यार्थीको सिकाइमा व्यबहारिक सिकाईको नीति अवलम्बन गरिने बताउनु भयो ।

प्रमुख कठायतका अनुसार भौतिक बिकास तर्फ नगर स्तरीय यातायात गुरुयोजनाले निद्र्धिष्ट गरेका सडकहरुमा प्राथामिकताका साथ लगानी गर्ने, नगरपालिकाको श्रोतले नसक्ने अवस्थाका ठुला सडकहरुलाई सरोकारवाला र सम्वन्धि निकायसंग समन्वय गरि निमार्ण गरिने बताउनु भयो । नगर रिङरोड निर्माण कार्यलाई प्राथमिकता दिईने बताउदै नक्सा पास गरेर मात्र घर निर्माण गर्न पाईने र पहिलेका घर अनिवार्यरुपमा नक्सापास अभिलेखिकरण गर्नुपर्ने नीति तथा कार्यक्रम ल्याईएको कठायतले बताउनु भयो ।

विभिन्न क्षेत्रसंग समन्वय र सहकार्य गर्दै जलवायु उत्थानशिल योजना निर्माण गरि स्थानीय अनुकुलन योजना, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको लागि आवश्यक ऐन, कानुन तयार गरिने उहाँले बताउनु भयो । नगरपालिकाले आगामि दिनमा विकास निर्माणका प्रक्रिया अगाडि बढाउनका लागि नीति तथा कार्यक्रम प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उहाँको भनाइ छ ।

नगर प्रमुख कठायतले सकारात्मक सोचका साथ समृद्धिको दुरदृष्टी तय गरी योजनावद्ध तरिकाले नीति तथा कार्यक्रम ल्याईएको बताउनुभयो । विकासका कार्यहरुलाई परिमाणमुखी बनाउन नतिजामा आधारित विकास गर्ने परिपाटी अवलम्बन गरि जनतालाई प्रत्यक्ष लाभ हुने ठुला परियोजना तथा मेघा प्रोजेक्टलाई प्राथमिकता साथ अगाडी बढाईने नगर प्रमुख कठायतले बताउनु भयो । नीति तथा कार्यक्रम र बजेट नगर उपप्रमुख रामदेवि खड्काले प्रस्तुत गर्नु भएको हो ।

यसैगरि, “शिक्षामा लगानि, परिवर्तनमा टेवा, सरकरको सफल्ता घरघरमा सेवा” भन्ने नाराका साथ गुठीचौर गाउँपालिकाले १२ औँ गाउँसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षामा सबै भन्दा बढी फोकस गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको अध्यक्ष दानवहादुर बुढाले बताउनु भयो । भण्डै १ करोड भन्दा बढी रकम शिक्षामा विनियोजन गरिएको उहाँको भनाइ छ ।

यसैगरि, बिकासका सम्पूर्ण पूर्वाधारहरुको मूल आधार, हिमा गाउँबासीलाइ सुखी, खुसी र समृद्ध सपना पार्नु छसाकार भन्ने मुल नारालाई आत्म सात गर्दै हिमा गाउँपालिकाले पनि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । हिमा गाउँपालिकाको १२ ओैँ गाउँसभामा उपस्थित सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, राजनीतिक दल, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी र उपस्थित सम्पूर्णलाई अध्यक्ष लक्ष्मण्वहादुर शाहीले धन्यवाद दिनु भएको छ । यस्तै पातारासि तातोपानी, तिला, सिंजा र कनकासुन्दरी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।