
असार ७ जुम्ला
एथलेटिक्स संघ जुम्लाका प्रशिक्षक तथा धावक हरिबहादुर रोकायाले जुम्लाका खेलाडी ओलम्पिक प्रतियोगितामा सहभागी हुनु पर्ने बताउनुभयो । ओलम्पिकमा जुम्लाका खेलाडीको प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार खेल खेल्नका लागि होइन, राष्ट्रियताको गरिमा बचाउने र पहिचान देखाउने माध्यम भएको बताउनुभयो ।
रोकायाले दुई पटक जुम्लाबाट ओलम्पिकमा भाग लिन सफल भएको अनुभव सुनाउदै राज्यले दुर्गमका खेलाडीलाई अवसर दिन कन्ज्युस्याइँ गरेका बताउनुभयो । उहाँले खेल क्षेत्रको माध्यमबाट मात्र आर्थिक, सामाजिक, साँस्कृतिक पक्षको जगेर्ना हुने बताउनुभयो । त्यसलै खेल क्षेत्रको प्रवद्र्धन गरौँ । खेलाडीको सम्मान गरौँ ।
यही खेलाडी प्रतिको सच्च सम्मान भाव हुने उहाँको भनाइ रहेको छ । यस्तै जिल्ला फुटबल संघ जुम्लाका महासचिव दिपेन्द्र हमालले स्वास्थ्यका लागि खेल अपरिहार्य भएको बताउनु भयो । खेलकुद विकास समितिले खेलाडीको मनोबल उच्च राख्ने काम गरेको प्रति खुसि व्यक्त गर्दै महासचिव हमालले आगामी दिनमा खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहन हुने खाले कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
स्रोत साधनको अभावमा जुम्लामा भइरहेको खेल क्षेत्रको विकास ग्रहण गर्न योग्य रहेको प्रतिक्रिया दिनुभयो । यहाँका अनुसार खेलाडीले विभिन्न पदकहरु जितेको उदाहरण सुनाउनुभयो । खेलक्षेत्रको विकास निरन्तरको लगावले मात्र संभव रहेको उहाँले बताउनुभयो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्न सकिने बताउनुभयो ।
खेलमा जुम्ला अग्र स्थानमै रहेकोमा उहाँले खुसी व्यक्त गर्नुभएको छ । यो खेल क्षेत्रको विकास धावक हरिबहादुर रोकायाको योगदान भएको उहाले बताउनुभयो । उहाँले भन्नुभयो सबैले अझै राम्रो जनशक्ति उत्पादनमा ध्यान दिन सुझाव दिनुभयो । खेल भनेको अनुशासन सिकाउने विधा हो । भौगोलिक विकट्ताका बावजुद पनि खेलक्षेत्रमा लागि रहेका जुम्लाका खेलाडीको चर्चा संगै उच्च प्रसंसा गरिएको थियो ।
जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले जुम्ली खेलाडीले खेल क्षेत्रमा देखाएको साहस भुल्न नसकिने बताउनुभयो । उहाँका अनुसार खेलाडी जीवित रहे मात्र खेलकुद क्षेत्र जीवित रहने बताउनुभयो । सबै मिलेर खेलाडीलाई हौसला, उत्प्रेरणा र उर्जाको खाँचो रहेको छ ।
जुम्लाको खेल क्षेत्रमा हेर्ने नजर राम्रो नभएको भन्दै उहाँले खेल क्षेत्रको विकास बिना अरु विकासको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार हिउँ चितुवा नामले प्रख्याति कमाएका धावक हरीबहादुर रोकाया जुम्लाले पाउनु सौभाग्यको बिषय भएको सुनाउनुभयो । उहाँका अनुसार खेलकुद विकास समितिले प्रतिभा पहिचानका माध्यम बाट खेलक्षेत्रलाई अघि बढाउने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले खेल क्षेत्रमा होमिएका खेलाडीले तन, मनका साथ लाग्न सुझाव दिनुभयो । खेल एउटा अनुशासित बनाउने क्षेत्र हो । जुम्ला जस्तो दुर्गमका खेलाडीले धावक हरि रोकाया जस्तो प्रशिक्षक पाउनु सौभाग्यको कुरा रहेको बताउनुभयो ।
उहाँका अनुसार खेल क्षेत्रको विकासको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार संगको समन्वय प्रभावकारी हुनुपर्ने बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ओलम्पिक लक्ष, पुर्व तयारीले जितिन्छ अवश्य भन्ने नाराका साथ अन्तराष्ट्यि ओलम्पिक दिवस मनाइएको हो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा चन्दननाथ नगरपालिका ५ स्थित राजासिममा ओलम्पिक दिवस मनाइएको थियो । २२ औं ओलम्पिक दिवसको अवसरमा जिल्ला खेलकुद बिकास समितिले जिल्लाका विभिन्न खेलका संघहरु लाई खेलकुदका सामाग्री वितरण गरिएको छ । भर्खरै रूकुममा संचालित गुरिल्ला अल्ट्राम्याराथुनमा प्रथम स्थान हासिल गर्न सफल खेलाडी दल बहादुर कुँवर लाई सम्मान समेत गरीएको छ ।