किर्डाक नेपाल २३ वर्ष पुरा गरि २४ वर्षमा प्रवेश – Karnali News

किर्डाक नेपाल २३ वर्ष पुरा गरि २४ वर्षमा प्रवेश

 ७ असार २०७९, मंगलवार १८:२६  

असार ७ जुम्ला
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल २३ वर्ष पुरा गरि २४ औं वर्षमा प्रवेश गरेको छ । २३ औँ वार्षिकोत्सवको अवसरमा किर्डाक नेपालले बिभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको किर्डाक नेपालका अध्यक्ष रत्नलाल कुलालले बताउनु भयो । कर्णालीको विकासका लागि किर्डाकले थालेको अभियानमा सघाउन सबै साझेदार संघ संस्थालाई आग्रह गर्दे आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको उहाँले बताउनु भएको छ ।

किर्डाक नेपालले कर्णालीको दिगो विकासको लागि आगामि दिनमा अघि बढ्ने उहाँको भनाइ छ । सरकारले निर्माण गरेका नीति र नियम सघाउनको लागि किर्डाक नेपाल काम गरि रहेको उहाँले जानकारी दिनुभयो । किर्डाक नेपालले डोल्पा, कालीकोट र जुम्ला लगायतका बिभिन्न गाउँपालिका र नगरपालिकामा काम गर्दै आएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रबिन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैको साथ र सहयोग भएमा आउँदा दिनमा मानव अधिकार र विकास निर्माणका क्षेत्रमा सहयोग गर्न सकिने बताउनुभयो । शर्माका अनुसार किर्डाक नेपालको शुभारम्भ हुँदा देखि आफुलाई सबै कुरा जानकारी भएको बताउँदै शर्माले शिक्षा क्षेत्रमा भएका राम्रा अभ्यासलाई सबैले सिक्नु पर्ने बताउनु भयो ।

जिल्ला संयोजक शर्माले किर्डाक नेपालले गरेका कामका बारेमा चर्चा र परिचर्चा गर्नुभएको । रेडियो कर्णाली जुम्लाका स्टेशन म्यानेजर गोर्ख बहादुर थापाले किर्डाक नेपालले स्थापना काल देखि नै गरिब, बिपन्न र असहायको साथमा रहेर काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार किर्डाक नेपाल सुरुमा स्थापना हुदा जुम्ला देखि नाग्म सम्मको सडक ब्यवस्था गरेको बताउनुभयो ।

महामारीको समयमा पनि किर्डाक नेपालले नागरिकको सुख र दुखको सारथी बनेको बताउनुभयो । दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कर्णाली बासीको गरिबी घटाउनका लागि किर्डाक नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

विपद्को घडीमो किर्डाक नेपालले गरेको सहयोगले स्थानीय सरकार र प्रशासनलाई सहयोग भएको उहाँको भनाइ छ । रिजालका अनुसार जुम्लाको समृद्धि र विकासका क्षेत्रमा किर्डाक नेपालले गरेको कामले स्थानीय नागरिक खुसी भएको बताउनु भयो । २३ औँ वर्षमा पुगेको अवसरमा किर्डाक नेपाललाई उहाँले आगामी दिनको सफल्ताको शुभकामना राख्नु दिनु भएको छ ।

लगानी भए अनुसार गुणस्तरीय शिक्षा प्राप्त गर्न नसकिएको उहाँको भनाइ छ । जुम्लाको शैक्षिक अवस्था कमजोर रहेको भन्दै उहाँले विद्यार्थीको सिकाई उपलब्धिको अवस्था दयनिय रहेको बताउनु भयो । रिजालले कर्णाली शिक्षा परियोजनाले शिक्षा क्षेत्रमा गरेको योगदानलाई राज्यले ग्रहण गर्ने बताउनु भयो ।

यस्तै किर्डाक नेपालको स्थापना दिवशको अवसरमा जुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देबकोटाले सामाजिक उत्तरदायित्व बहन गर्दै किर्डाक नेपालले गरेको कामको जताततै प्रशंसा हुने गरेको बताउनु भयो । सामाजिक आन्दोलनमा खेलेको योगदानले किर्डाक नेपालको नाम सबै ठाउँमा परिचित भएको उहाँको भनाइ छ ।

अध्यक्ष देवकोटाका अनुसार कर्णाली लगायतका अन्य जिल्लामा कार्यक्षेत्र बनाएर किर्डाक नेपालले गरेको कामले यसको ब्राण्ड बनेको बताउनु भयो । उहाँका अनुसार मानव अधिकार, शिक्षा र खानेपानीका क्षेत्रमा गरेको कामलाई कसैले पनि भुल्न नसक्ने बताउनु भयो ।

किर्डाक नेपालले गरेको काम सबै स्थानीय तहमा उदारणिय रहेको बताउदै उहाँले आगामी दिनमा पनि यस्तै काम गर्दै जान सुझाव दिनुभएको छ । स्थापना दिवशका अवसरमा किर्डाक नेपालले गरेका कामको प्रशंसा गर्दै अध्यक्ष देवकोटाले उत्तरउत्तर प्रगतिको शुभकामना दिनुभएको छ ।