नेत्रविक्रम चन्द्र (विप्लव) आईतबार साँझ जुम्ला पुग्ने – Karnali News

नेत्रविक्रम चन्द्र (विप्लव) आईतबार साँझ जुम्ला पुग्ने

 ४ असार २०७९, शनिबार २०:१३  

असार ४ जुम्ला
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव) आईतबार साँझ जुम्ला आइ पुग्नु हुने भएको छ । पार्टीका जिल्ला कमिटि सदस्यहरुलाई प्रशिक्षण दिन, पत्रकार भेटघाट र जनभेटघाट कार्यक्रमका लागि उहाँ जुम्ला आउन लाग्नु भएको हो । असार ५ गते जुम्ला पुग्ने र ६ गतेका दिनबाट कार्यक्रम सुरु हुने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विर्षवहादुर शाही (प्रभाजितले) बताउनु भयो ।

उहाँका अनुसार जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा सहितका जिल्ला कमिटि सदस्यहरु जुम्ला आउने र उनिहरुलाई महासचिवले प्रशिक्षण दिने बताउनु भयो । यस्तै असार ७ गतेका दिन कृष्ण मन्दिरबाटै (विप्लव) जनभेटघाट गर्ने कार्यक्रम रहेको उहाँले जानकारी गराउनु भयो । २०५५ साल पछि नेत्रविक्रम चन्द्र (विप्लव) दोस्रो पटक जुम्ला आउन लाग्नु भएको जिल्ला इन्चार्ज कर्णवहादुर भण्डारी (विराटले) जानकारी गराउनु भयो ।

पार्टी महासचिव जुम्ला आउने कार्यक्रम तय भएकाले सम्पूर्ण तयारीको अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । भण्डारीका अनुसार जुम्ला सहित अन्य चार जिल्लाका साथीहरु जुम्ला आउने उहाँले जानकारी गराउनु भया । हुम्ला, डोल्पा, मुगु र कालिकोटका जिल्ला कमिटिका सदस्यहरु असार ५ गते साँझसम्म जुम्ला आइ पुग्ने उहाँले बताउनु भयो ।