पेशागत महासंघ जुम्लाको अध्यक्षमा खडक प्रसाद चौलागाई चयन – Karnali News

पेशागत महासंघ जुम्लाको अध्यक्षमा खडक प्रसाद चौलागाई चयन

 ४ असार २०७९, शनिबार १९:३०  

नौरते नेपाली, असार ४ जुम्ला
असार ४ जुम्ला । खडक प्रसाद चौलागाईको अध्यक्षमा १५ सदस्यीय पेशागत महासंघ गठन भएको छ । विश्वको अग्लो धान फल्ने ठाउँ मालिका मावि लौठचौरको प्राङ्गणमा भएको सातौँ जिल्ला अधिवेशनबाट चौलागाई अध्यक्षमा चयन हुनु भएको हो । खुल्ला उपाध्यक्षमा दिपेन्द्र रोकाया र महिला उपाध्यक्ष उमा न्यौपाने सर्वसहमतिले चयन भएको नेपाल निजामति कर्मचारी संगठन जुम्लाका अध्यक्ष गणेश आचार्यले बताउनु भयो ।

यस्तै सचिव वद्रिनाथ योगि, सहसचिव विजय रावत र कोषाध्यक्षमा दिलक खत्री लगायत १५ सदस्यीय पेशागत महांघ सर्वसहमतिमा चयन भएको उहाँले जानकारी गराउनु भयो । ऐतिहासिक झल्को दिने गरि विश्वको अग्लो धान फल्ने ठाउँमा पेशागत महासंघको अधिवेशन भएको उहाँको भनाइ छ ।

आचार्यका अनुसार धान रोपिएको खेतको नजिकमा पेशागत महासंघको अधिवेशन हुनुले नयाँ सन्देश दिएको बताउनु भयो । पेशागत महासंघको सातौँ जिल्ला अधिवेशनको अवसरमा नौ बुँदे छुमचौर घोषणा जारी भएको अध्यक्ष आचार्यले बताउनु भयो । जारी भएको घोषणा पत्र आईतबारका दिन पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक हुने उहाँको भनाइ छ ।

यस्तै आधिकारिक टेड्र युनिमा पहिले पठाईएका कर्मचारीलाई फिर्ता बोलाईएको पनि अध्यक्ष आचार्यले जानकारी गराउनु भयो । अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगिले आउदो संघ र प्रदेशको निर्वाचन केन्द्रित हुन सबै पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

नेकपा एमाले माथि भएको चौतर्फि हमलाको सामना गर्नु परेको उहाँले बताउनु भयो । नेकपा एमाले निकट सबै घटकहरुको नेतृत्व गर्ने पेशागत महासंघले संगठन सुदृढिकरण गर्दै पार्टीको हित हुने काममा बढी सहभागि हुन अनुरोध गर्नु भएको छ । केन्द्रिय सदस्य योगिले नेपालको राजनीतिकमा नेकपा एमालेको उपस्थितिको अवस्था बलियो भएकाले कसैले हमला गर्दैमा त्यो संभव नहुने बताउनु भयो ।

उहाँका अनुसार गएको बैशाख ३० गतेका दिन भएको स्थानीय तहको निर्वाचनमा एमाले माथि घेराबन्दि गरिएको बताउनु भयो । एमालेको शक्ति र मत देखेर अरु पार्टीलाई टाउको दुखाईएको विषय भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, नेपालमा बामपन्थि धारको आन्दोलनको अगुवाई एमालेले गरेको छ ।

एमालेको बिचार, सिद्धान्त र एमालेले गरेको जनपक्षिय कामले सबै नेपालीकोे मन एमाले प्रति पग्लिएको योगिले बताउनु भयो । विश्को हाईअल्ट्रि च्युट खेलमैदान निर्माण हुन लागेको स्थानमा गरिएको अधिवेशनले नयाँ सन्देश प्रदान गरेको उहाँको भनाइ छ । केन्द्रिय सदस्य योगीले संघ र प्रदेशको निर्वाचनमा एमालेले स्पष्ट महत प्राप्त गर्ने बताउनु भयो । एमालेको मत देखेर अति पार्टीहरु अतालिएका छन उहाँले भन्नुभयो, देशको ठुलो पार्टी अब एमाले हो ।