
कालीवहादुर परियार, असार ४ जुम्ला
जुम्लाका २ वटा स्थानीय तहका जनप्रतिनिधि र बालबालिकालाई गाउँपालिका स्तरीय घटना ब्यवस्थापन सम्बन्धी जानकारी गराईएको छ । तिला गाउँपालिका र तातोपानी गाउँपालिकाका जनप्रतिनिधि र बालवालिकालाई गाउँपालिका स्तरीय घटना ब्यवस्थापन सम्बन्धि जानकारी गराईएकोे हो ।
वल्र्डभिजन ईन्टरनेश्नल नेपालको आर्थीक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा बाल संरक्षण कार्यक्रम गरिएको किर्डाक नेपाल जुम्लाले जानकारी दिएको छ । कार्यक्रममा बौल्दै तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जोखिममा परेका बालबालिका संग पुगेर काम गरेकोमा वल्र्ड भिजन इन्टरनेश्नल नेपाल र साझेदारी संस्था किर्डाक नेपाललाई धन्यबाद दिनु भएको छ ।
आउँदा दिनहरुमा गाउँपालिकाका पुरै वडाहरुमा पनि कार्यक्रम संचालन गर्न उहाँले आग्रह गर्नु भएको छ । गाउँपालिकामा कार्यक्रम संचालन गर्दा समन्वय र सहकार्य गरि प्राथमिकताका आधारमा कार्यक्रम विकास गर्न उहाँले सुझाब समेत दिनु भएको छ । उहाँका अनुसार वाल बालबालिको क्षेत्रमा हुने जस्तो सुकै कार्यमा बजेट बिनियोजन गर्न तयार रहेको बताउनुभयो ।
यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार नयाँ बजेट आउने बेला यो कार्यक्रम गरेकाले किर्डाक नेपाललाई धन्यवाद दिनुभएको छ । उहाँका अनुसार तातोपानी गाउँपालिकामा बालबालिकाको घटना ब्यवस्थापनमा आफ्नो कार्यकालमा बिषेश सहयोग हुने बताउनुभयो ।
तिला गाउँकार्यपालिका सदस्य, सुरक्षाकर्मी बाल संजाल, न्यायिक समितिका सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी जानकारी दिने कार्यक्रमको मुल उद्देश्य रहेको बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिका, महिलाका मुद्दाहरुलाई सुल्झाउन र अन्यमा सिफारीस गर्ने तरिका सम्बन्धी जानकारी गराईएको बताउनुभयो ।
तिला र तातोपानी गाउँपालिकामा रहेका बालबालिकाकमा भएका घटनाका बारेमा कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा जुम्लाका २ स्थानीय तहका जनप्रतिनिधि, वाल संजाल लगायतलाई जानकारी गराईएको उहाँले बताउनुभयो । यस्तै किर्डाक नेपालका फिल्ड प्रोग्राम म्यानेजर पंकज बहादुर शाहीका अनुसार बालबालिकाका क्षेत्रमा समृद्धिका लागि काम गरिने भएकाले नयाँ जनप्रतिनिधि, कार्यपालिका सदस्य, सुरक्षाकर्मी बाल संजाल, न्यायिक समितिका सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी तालीमको ब्यवस्था गरिएको बताउनुभयो ।
उहाँका अनुसार जनप्रतिनिधिहरुले जोखिममा परेका बालबालिकाहरुको समृद्धि गर्दै बाल संरक्षणका क्षेत्रमा हातेमालो गरि काम गर्ने शाहीले बताउनु भयो ।