
कालीवहादुर परियार, असार ४ जुम्ला
कोभिड १९ बाट प्रभावित भएका जुम्लाका ३ स्थानीय तहका नागरिकलाई भेडा तथा बाख्रा बितरण गरिएको छ । कोभिड १९ बाट प्रभावित भएका चन्दननाथ नगरपालिका, तातोपानी र पातारासि गाउँपालिकाका कोभिड प्रभावितलाई भेडा तथा बाख्रा बितरण गरिएको हो । वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको आर्थीक सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा जुम्लाका ३ स्थानीय तह चन्दननाथ नगरपालिका, पातारासि र तातोपानी गाउँपालीकाका कोभिड १९ बाट प्रभावित भएका घरपरिवारलाई ब्यवसाय बिस्तारका लागि भेडा र बाख्रा बितरण गरिएको हो ।
कोभिड १९ बाट प्रभावित तथा उच्च जोखिममा रहेका घरपरिवार, अति बिपन्न र गरिब परिवारलाई प्रति वडाका २ जनाका दरले भेडा र बाख्रा बितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड अफिसर सरु महतले जानकारी दिनुभयो । उहाँका अनुसार तातोपानी गाउँपालिका भरीका १ जनालाई एक भेडा र १ बाख्रा उपलब्ध गराईएको बताउनु भयो ।
यस्तै चन्दननाथ नगरपालिका भरीका ५ जनालाई एक भेडा र १ बाख्रा वितरण गरिएको छ । महतका अनुसार पातारासि गाउँपालिका भरीका १० किसानलाई एक भेडा र एक बाख्रा गरि २० वटा भेडाबाख्रा बितरण गरिएको बताउनु भयो । कोभिड १९ बाट प्राभाबित भएका नागरिकले केहि गरुन भन्नको लागि भेडा बाख्रा बितरण गरिएको उहाँले बताउनुभयो । महतका अनुसार बरुवाल जातका भेडा र सिनाल जातको बाख्रा बितरण गरीएको छ ।
प्रत्येक भेडा र बाख्राको ३ सयका दरले बिमा गरिदिएको उहाँको भनाइ छ । अहिले ३ सय रुपैयाँका दरले बिमा गरिदिएको र पछि आफैले बिमा गर्नुपर्ने महतले बताउनु भयो । उहाँले भन्नुभयो प्रति भेडा र बाख्राको १३ हजारका दरले खरिद गरी वितरण गरीएको बताउनुभयो । उहाँका अनुसार एक जना ब्यक्तिलाई एक भेडा र एक बाख्रा गरी २६ हजार ३ सय ५० रुपैयाँ बराबरको सहयोग गरिएको बताउनुभयो । यो सानो सहयोगले पछि आयआर्जनमा सहयोग पुग्ने अपेक्षाका साथ भेडा र बाख्रा बितरण गरिएको हो ।