गुठीचौरका जनप्रतिनिधिहरुलाई परियोजनाका बारेमा जानकारी गराइयो – Karnali News

गुठीचौरका जनप्रतिनिधिहरुलाई परियोजनाका बारेमा जानकारी गराइयो

 २ असार २०७९, बिहीबार १७:५४  

असार २ जुम्ला
गुठीचौर गाउँपालिकाका नयाँ जनप्रतिनिधिहरुलाई किर्डाक नेपाल जुम्लाद्धारा संचालित परियोजनाहरुको जानकारी गराईएको छ । एकिकृत पोषण तथा उत्थानशिल परियोजना, बाल संरक्षण र स्पन्सरसिप कार्यक्रमका बारेमा जानकारी गराईएको हो । गुठीचौर गाउँपालिकामा रहेका बालबालिकाको समृद्धिका लागि काम गरिने भएकाले नयाँ जनप्रतिनिधिहरुलाई परियोजनाका बारेमा अवगत गराईएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक पंकज बहादुर शाहीले बताउनु भयो ।

उहाँका अनुसार जनप्रतिनिधिहरुलाई किर्डाक नेपालले स्वागत गर्दै खादा दगाएर सम्मान गरेको जानकारी गराउनु भयो । जोखिममा परेका बालबालिकाहरुको समृद्धि गर्दै बाल संरक्षणका क्षेत्रमा किर्डाक नेपालले काम गर्दै आएको उहाँको भनाइ छ । शाहीका अनुसार किर्डाक नेपाल जुम्लाले गुठीचौर गाउँपालिकामा गर्ने कामका बारेमा स्पष्ट पारिएको बताउनु भयो ।

गाउँपालिका अध्यक्ष दानवहादुर बुढाको अध्यक्षता, उपाध्यक्ष शान्ति मल्ल (भण्डारीको) बिशेष आथित्यता र १ देखी ५ नम्बरसम्मका वडाध्यक्ष, कार्यापालिका सदस्यहरु र शाखा प्रमुखहरुको उपस्थितिमा कार्यक्रमको जानकारी तथा स्वागत कार्यक्रम गरिएको उहाँको भनाइ छ । वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपालको आयोजनामा हाल सम्म भएगरेका क्रियाकलाप, कार्यक्रमको प्रभाबकारीता र भावि कार्यक्रमको जानकारी वल्र्डभिजन इन्टरनेश्नल नेपालका प्रतिनिधि मुकेश पन्थ, नारद मरासी र भेष वहादुर रावलले गराउनु भएको थियो ।

भने किर्डाक नेपालद्धारा गरिएका कामको बारेमा फिल्ड कार्यक्रम प्रबन्धक पंकज बहादुर शाहीले स्पष्ट पार्नु भएको थियो । मन्तब्यका क्रममा गाउँपालिका अध्यक्ष दान वहादुर बुढाले किर्डाक नेपालले बास्तविक लक्षित बर्गसंग काम गरेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार जोखिममा परेका बालबालिकासंग पुगेर काम गरेकोमा धन्यबाद दिनु भएको छ ।

आउँदा दिनहरुमा गाउँपालिकाका पुरै वडाहरुमा पनि कार्यक्रम संचालन गर्न उहाँले आग्रह गर्नु भएको छ । गाउँपालिकामा कार्यक्रम संचालन गर्दा समन्वय र सहकार्य गरि प्राथमिकताका आधारमा कार्यक्रम विकास गर्न उहाँले सुझाब समेत दिनु भएको छ ।