किर्डाकका कर्मचारीलाई CFLG /CRC तालीम – Karnali News

किर्डाकका कर्मचारीलाई CFLG /CRC तालीम

 १ असार २०७९, बुधबार १७:१२  

असार १ जुम्ला

क्षमता विकासका लागि किर्डाक नेपाल जुम्लाले आफ्नो कर्मचारीहरुलाई तिनदिने CFLG /CRC तालीम दिएको छ । फिल्डमा गएर काम गर्ने कर्मचारीको क्षमता विकास भएमा परियोजना कार्यान्वयन गर्न सहज हुने भएकाले कर्मचारीलाई तालीम दिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ ।

वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोगमा किर्डाक नेपाल जुम्लाले संचालन गरेको परियोजनामा आवद्ध कर्मचारीहरुलाई क्षमता विकास गराईएको जिल्ला संयोजक रविन्द्र प्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार समुदाय स्तरमा गएर काम गर्ने कर्मचारीहरुको क्षमता विकासमा यो तालीमले सहयोग गरेको बताउनु भयो ।

बालबालिकाको मुहारमा खुसी ल्याउनका लागि नेपाली जुटौँ, बाल रोकौँ अभियान संचालन भएको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालका फिल्ड स्पन्सरसिप स्पेसलिष्ट नारद मलासीले बाल समृद्धिका लागि वल्र्डभिजनले काम गर्दै आएको बताउनु भयो । बाल समृद्धि हासिल गर्नको यस तालीमले इट्टा थप्ने काम गरेको उहाँको भनाइ छ ।

समुदायमा गएर प्रत्यक्ष काम गर्ने कर्मचारीलाई तालीम दिईएकाले भावी दिनमा प्रशिक्षक भएर स्थानीय तहमा काम गर्न सक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो यो तालीमले १० प्रतिशत क्षमता विकास गराएको छ, बाँकि ९० प्रतिशत क्षमता विकास कर्मचारी आफैले गर्नु पर्ने हुन्छ । संस्थागत र क्षमता विकास तालीमले परियोजना संचालनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।