
नौरते नेपाली, असार १ जुम्ला
कर्णाली शिक्षा परियोजनालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सबै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरुको रोहोबरमा जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिएको हो । किर्डाक नेपालका मिडिया थिम लिडर गोर्खवहादुर थापाले जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यलाई कार्यक्रम हस्तान्तरण गर्नु भएको छ ।
३ वर्षको अवधिमा जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका तथा डोल्पा र कालिकोट जिल्लामा भएको सफल अभ्यास र कामहरुलाई सरोकारवालाहरुको उपस्थित हस्तान्तरण गर्नु भएको हो । तिनवटा जिल्लामा भएको शैक्षिक उपलब्धि र सिकाई सहितको दस्तावेजलाई स्थानीय सरकारलाई हस्तान्तरण गरिएको थापाले बताउनु भयो ।
परियोजनाबाट भएका राम्रा अभ्यासहरुलाई स्थानीय सरकारले आफु अनुकूल कार्यान्वयन गर्न र बाँकि रहेको कामहरु पुरा गर्नको लागि ३ वर्षे परियोजना हस्तान्तरण गरिएको उहाँको भनाइ छ । थापाका अनुसार शिक्षा क्षेत्रमा देखिएको अभावलाई परियोजनाले परिपूर्ति गर्ने काम गरेको बताउनु भयो ।
कर्णाली शिक्षा परियोजनाबाट विद्यालयमा हातधुने ठाउँ, घरमा पढाई कुना, अपाङ्गता भएका बालबालिकालाई घरमा पढाउने, कम्प्युटर शिक्षा, महिनावरी स्वच्छता व्यवस्थापन सामग्री निर्माण र विद्यालय भवनहरु निर्माण गरेको दस्तावेज हस्तान्तरण गरिएको उहाँको भनाइ छ । कर्णाली शिक्षा परियोजनाको समिक्षा तथा समापन गोष्ठीमा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले सामाजिक क्षेत्रमा किर्डाक नेपालले महत्वपूर्ण काम गरेको बताउनु भयो ।
किर्डाक नेपालको शुभारम्भ हुँदा देखि आफुलाई सबै कुरा जानकारी भएको बताउँदै आचार्यले शिक्षा क्षेत्रमा भएका राम्रा अभ्यासलाई सबैले सिक्नु पर्ने बताउनु भयो । किर्डाक नेपालले माछा मारेर नदिएको भन्दै उहाँले माछा मार्न सिकाएको बताउनु भयो । घरमा स्थापना गरिएको पढाई कुना र स्वअध्ययन सामग्रीले बालबालिकाको सिकाई उपलब्धिमा सहयोग गरेको उहाँको भनाइ छ ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सामाजिक उत्तरदायित्व बहन गर्दै किर्डाक नेपालले गरेको कामको जताततै प्रशंसा हुने गरेको बताउनु भयो । सामाजिक आन्दोलनमा खेलेको योग्दानले किर्डाक नेपालको नाम सबै ठाउँमा परिचित भएको उहाँको भनाइ छ । अध्यक्ष धितालले कर्णाली लगायतका अन्य जिल्लामा कार्यक्षेत्र बनाएर किर्डाक नेपालले गरेको कामले यसको ब्राण्ड बनेको बताउनु भयो ।
उहाँका अनुसार मानव अधिकार, शिक्षा र खानेपानीका क्षेत्रमा गरेको कामलाई कसैले पनि भुल्न नसक्ने बताउनु भयो । किर्डाक नेपालसँग स्थानीय सरकारले अपेक्षा गरेको धितालले बताउनु भयो । उहाँका अनुसार समन्वय र सहकार्यले सफल अभ्यासहरुलाई निरन्तरता दिन सहयोग गर्ने जानकारी गराउनु भयो ।
उत्पादनमुलक शिक्षाको आवश्यकता रहेको धितालले बताउनुभयो । जुम्लाको शैक्षिक अवस्था कमजोर रहेको भन्दै उहाँले विद्यार्थीको सिकाई उपलब्धिको अवस्था दयनिय रहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले कर्णाली शिक्षा परियोजनाले शिक्षा क्षेत्रमा गरेको योदनलाई राज्यले अन गर्ने बताउनु भयो ।
साझेदारी संस्थाको सहयोगले नेपालमा काम गर्न सहज भएको उहाँको भनाइ छ । स्थानीय सरकारको उपस्थितिमा गरिएको हस्तान्तरण कार्यक्रमले महत्वपूर्ण अर्थ राखेको प्रसाईले बाउनु भयो । शिक्षा क्षेत्रको सुधारका लागि कर्णाली शिक्षा परियोजनाले गरेको कामले सहयोग पुराएको उहाँले बताउनु भयो ।
किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रविन्द्र प्रसाद शर्माले कर्णाली शिक्षा परियोजनाले गरेको कामलाई स्थानीय सरकारको काँधमा सारिएको बताउनु भयो । तिन वर्षको समयवधिमा भएको सबै कामहरुको विवरण स्थानीय सरकारलाई बुझाईएको उहाँको भनाइ छ । प्लान इन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा तिन वर्षे कर्णाली शिक्षा परियोजनाको समिक्षा तथा समापन गोष्ठी गरिएको हो ।