
जेठ २९ जुम्ला
विश्वको अग्लो धान फल्ने ठाउँ पातारासि गाउँपालिकाको छुममा पेशागत महासंघ जुम्लाको ७ औँ जिल्ला अधिवेशन हुने भएको छ । आउदो असार महिनाको ४ गतेका दिन मालिका मावि लौटचौरमा अधिवेशन गर्ने तयारी भएको वुद्धिजिवि परिषदका केन्द्रिय सदस्य टंक महतले बताउनु भयो । विश्वको अग्लो ठाउँ कालीमार्सि धान फल्ने स्थानमा अधिवेशन गर्दै नयाँ सन्देश दिन खोजिएको उहाँले बताउनु भयो ।
पेशागत महासंघ भित्र विभिन्न २३ वटा घटहरु आवद्ध रहेको महतको भनाइ छ । २०७३ सालमा ६ औँ जिल्ला अविधेशन पछि पेशागत महासंघको जिल्ला अधिवेशन नभएको उहाँले बताउनु भयो । २०७३ साल पछि हुन लागेको जिल्ला अविधेशनलाई भव्य र सभ्य रुपमा सफल पार्न खोजिएको महतले जानकारी गराउनु भयो ।
उहाँका अनुसार ७ औँ जिल्ला अधिवेशनले २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने बताउनु भयो । पेशागत महासंघ सँग आवद्ध भएका २३ वटा घटका प्रतिनिधिहरु सहितको उपस्थितमा हुने जिल्ला अधिवेशनले नयाँ सन्देश दिने महतले बताउनु भयो । अधिवेशन सफल पार्नको लागि कर्ण रावलको संयोजकत्वमा ५ सदस्यीय तयारी समिति पनि गठन गरिएको छ ।
समितिको सदस्यमा नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश आचार्य, वुद्धिजिवी परिषदका जिल्ला अध्यक्ष पवनराज न्यौपाने, राष्ट्रिय नेपाल शिक्षक संगठनका मुनविर बुढा र शिक्षक साङ्गमु लामा रहनु भएको छ । उक्त समितिले अधिवेशनलाई सफल पार्नको लागि काम गर्ने बताईएको छ ।