
जेठ २२ जुम्ला
विश्व वातावारण दिवसको अवसमा गैर सरकारी संस्था पेश नेपाल जुम्लाले पनि विभिन्न कार्यक्रम गरेको छ । तिला गाउँपालिकाको तुहि गाउँमा रहेको बालौला सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम गरेको छ । उजाड बन्दै गएको वनमाा वृक्षारोपण गरिएको पेस नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताउनु भयो ।
उहाँका अनुसार अनुकुलन कोष, वन तथा वातावारण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको सहयोग र पेश नेपाल जुम्लाद्धारा संचालित क्याप्स कर्णाली परियोजनाको साझेदारीमा वृक्षारोपण गरिएको बताउनु भयो । स्थानीय समुदायको अगुवाईमा बालौला सामुयिक वनमा वृक्षारोपण कार्यक्रम गरिएको न्यौपानेका भनाइ छ ।
उहाँका अनुसार विभिन्न कारणले दिन प्रतिदिन वन विनास हुँदै गएको हुनाले स्थानीय नागरिकको समन्वयमा वृक्षारोपण गरिएको बताउनु भयो । वनमा रोपिएको विरुवाहरुको संरक्षण गर्ने जिम्मेवारी पनि नागरिकलाई दिईएको उहाँको भनाइ छ । वनको संरक्षण गर्न चुनौति थपिएको बताउँदै अध्यक्ष न्यौपानेले स्थानीय सरकारले पहल गरेमा धेरै ठाउँमा वृक्षारोपण गर्न सकिने बताउनु भयो ।
हरियाली अवस्थामा रहेका वनहरुको हैसियत बिक्रिएको हुनाले सबै मिलेर संरक्षण तिर ध्यान दिनु पर्ने उहाँको भनाइ छ । स्वच्छ सफा हरियालिमय वातावरण, सुखी र स्वस्थ जीवनको बलियो आधार बनाउनको लागि तुहि गाउँमा बृक्षारोपण गरिएको हो । सामुदायिक वन उपभोक्ता समितिका महिलाहरुको उपस्थितिमामा किम्बु र बकाईनोका विरुवा वृक्षारोपण गरि विश्व वातावरण दिवस भव्यताका साथ मनाईएको उहाँले बताउनुभयो ।
जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि पेस नेपाल जुम्लाले तिलाका विभिन्न गाउँमा काम गर्दै आएको छ । अनुकूलनका उपायका बारेमा पेस नेपाल काम गर्दै आएको अध्यक्ष न्यौपानेको भनाइ छ ।