न्यायलयको अवस्था सुधारोन्मुख रहेको छ ः प्रधानन्यायधिस कार्की – Karnali News

न्यायलयको अवस्था सुधारोन्मुख रहेको छ ः प्रधानन्यायधिस कार्की

 १८ जेष्ठ २०७९, बुधबार १९:२२  

कालीवहादुर परियार, जेठ १८ जुम्ला
जुम्ला जिल्लामा रहेको उच्च अदालत सुर्खेत जुम्ला ईजलास र जिल्ला अदालतको एक साथ कायम मुकायम प्रधानन्यायधिस दिपककुमार कार्कीद्धारा समउद्धघाटन गरिएको छ । विभिन्न कारणले आगलागि भएका भवनको मंगलबारका दिन कार्कीद्धारा समउद्धघाटन गरिएको हो । उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै कायम मुकायम प्रधानन्यायधिस दीपककुमार कार्कीले न्यायलयको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो ।

न्यायलयको अवस्था पहिले भन्दा हाल सुधारन्मुख अवस्थामा रहेको उहाँको भनाइ छ । प्रधानन्यायधिस कार्कीले आफूले सर्वोच्च अदालतको नेतृत्व लिए पछि मुद्दाको फस्र्यौट बढेको दावी गर्नुभयो । उहाँका अनुसार आफू नेतृत्वमा आउँदा मुद्दाको फस्र्याैट ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताउनुभयो । उल्लेख्य मात्रामा पुराना मुद्दाहरूको फैसला भएको उहाँको भनाइ रहेको छ ।

हामीले विभिन्न अवरोध, विभिन्न प्रवृत्ति, विकृति र विसंगति बेहोरेको सुनाउदै त्यो सुधार गर्नको निमित्त कानुन व्यवसायिको क्षेत्रबाट सुधार गरेको प्रतिबद्धता गर्नुभयो । उहाँका अनुसार न्यायपालिकालाई अब हामीले यो भन्दा पहिलेको स्थिति भन्दा फरक ढंगबाट चलाउनु पर्नेछ । जुम्लामा आएर दुईवटा कानुनका भवन उद्धघाटन गर्न पाउदा खुसि लागेको उहाँले बताउनुभयो ।

विशेष गरेर उच्च अदालत र जिल्ला अदालत भन्दापनि सर्वोच्च अदालत प्रति धेरै गुनासो छन । पुराना मुद्दा धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजि रहेको उहाँको भनाइ छ । यस्तै सर्वाेच्च अदालतका न्याधिस हरिकृष्ण कार्कीका अनुसार हामी न्यायमा काम गर्ने भएकाले सबैको हित हुने खालका काम गरेको जिकिर गर्नु भयो ।

न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार तथा बिचौलियाको गतिविधि बारे अध्ययन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । आफूले लिएको पक्षको मुद्दा जित्नैपर्छ भन्ने मानसिकता र आफूले गरेको कामको लोकप्रियताका लागि प्रचारप्रसार गर्ने प्रवृत्तिका कारण अदालतको जनआस्थामा समस्या उत्पन्न भएको उहाँले सुनाउनुभयो ।

कानून व्यवसायिले पक्षसँग लिएको शुल्कको अनिवार्य रूपमा रसिद दिने र सोको लेखा राख्ने व्यवस्था लागु गराउन भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । न्यायपालिकाको सुधारमा प्रत्येक कानून व्यवसायिको सकारात्मक भूमिका निर्वाह गराउने तर्फ बार एसोसिएशनले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

जुम्लामा राम्रो न्यायलयको ब्यवस्था हुनुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले बताउनु भयो । उहाँका अनुसार हरेक क्षेत्रमा न्याय सम्पादनमा बिषेश ध्यान दिन अनुरोध गर्नुभएको छ । चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिंह कठायतले पहिले द्धन्द्धका कारणले आगलागी भई पुरै कागजगत जलेर नष्ठ भएको बताउनुभयो ।

नगरपालिका लगायत सम्पूर्ण न्याय क्षेत्रमा काम गर्ने ब्यवसायले न्याय सम्पादनमा ख्याल दिनुपर्ने उहाँको भनाइ छ ।