
कालीवहादुर परियार, जेठ १६ जुम्ला
विद्यार्थीको प्रतिभा पहिचान गर्नको लागि जुम्लामा पहिलो पटक एकल लोकदोहोरी तथा नृत्य प्रतियोगिता भएको छ । जुम्लाका विभिन्न विद्यालयका विद्यार्थीमा रहेका कला पहिचान गर्नको लागि प्रतियोगिताको कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालय स्तरीय नृत्य प्रतियोगिता र पालिका स्तरीय नृत्य तथा गायन प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा जनता मावि महतगाउँ, कर्णाली मावि अनामनगर र चन्दननाथ मावि खलङ्गा बजार सहभागी रहेका थिए । एकल नृत्य प्रतियोगितामा कर्णाली मावि अनामनगरका सबिना बुढ्थापा प्रथम, कालिका माविका भवाना शाही द्धितिया र सुस्मीता बाहोरा पातारासिका तृतिय हुनु भएको छ । एकल गायन प्रतियोगिता तर्फ पालिका स्तरीयतर्फ चन्दननाथ माविका सृजना भक्री प्रथम, तिलाकी बसन्ती शाही द्धितिय र त्रिभुवन माविका झारज्वलाका राजविक्रम रावल तृतिय हुनु भएको छ ।
प्रथमलाई १५ प्रतिशत करकट्टि गरेर ६ हजार ८ सय, द्धितियलाई ५ हजार १ सय, तृितयलाई ३ हजार ४ सय र सान्त्वनालाई १ हजार ७ सय पुरस्कार प्रदान गरीएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले विभिन्न स्थानीय तहमा रहेका देउडा, ठाडीभाका र मागल जस्ता गीतहरू लोप हुँदै गएको बताउनुभयो ।
जुम्लामा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि यस्ता गीतको संरक्षणमा लाग्नु पर्ने उहाँले बताउनुभयो । सार्कीका अनुसार आफ्नो कलागला र पहिरनको पहिचान गर्नु हामी सबैको मुख्य दाहित्व रहेको बताउनु भयो । पहिलो चरणमा प्रथम हुने र अन्तिम चरण सम्म छानोट भई प्रदेशमा जाने सबैलाई बिजयको उहाँले शुभकामना दिनुभएको छ ।
सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा चन्दननाथ नगरपालिका स्तरीका विद्यार्थीको प्रतिभा पहिचान गर्नको लागि प्रतियोगिता गरिएको हो । कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालयका प्रमुख तुलाराज चौलागाईका अनुसार सामाजिक बिकास कार्यालयको निम्तोमा आउनु हुने सबैलाई धन्यवाद दिनुभएको छ ।
उहाँका अनुसार सर्बप्रथम आज बिद्यार्थी प्रतिभा कार्यक्रममा छनोट हुने सबै बिद्यार्थीलाई धन्यवाद दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने कार्यक्रममा राम्रो नतिजा ल्याएर जिल्लाको नाम उच्च राख्न अनुरोध गर्नु भएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा रहेका विविध प्रतिभाको संरक्षण हुने बताउनु भयो ।
उहाँका अनुसार नृत्य प्रतियोगिताले गर्दा लुकेर रहेका प्रतिभाहरु उजागर गर्ने एक अवसर भएको बताउनु भयो । यो कार्यक्रमबाट छनोट हुने सम्पूर्ण बिद्यार्थीलाई पछि प्रदेश स्तरीय प्रतियोगिताका लागि शुभकामना दिनुभएको छ । सबै बिद्यालयको प्रतिनिधित्व गर्दै जनता माविका शिक्षक चन्द्रलाल ढकालका अनुसार प्रतिभा संरक्षण गर्ने र प्रबद्र्धनका लागि कार्यक्रम गर्ने सामाजिक विकास कार्यालयलाई धन्वाद दिनुभएको छ ।
संस्कृत र सभ्यताको संरक्षण गर्न जिल्ला स्थित राजनीतिक दल र विभिन्न निकायबाट लाग्नु पर्ने उहाँले बताउनु भयो । आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम हुन जरूरी रहेका उहाँको भनाइ छ । यस्तै निर्णयक मण्डलका संयोजक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्ण बुढथापाका अनुसार केही गाउँपालिकाबाट विद्यार्थी उपस्थित नभएकाले अलि राम्रो नभएको बताउनुभयो ।
उहाँका अनुसार यो कार्यक्रमले जुम्लाको पहिचान र सान बनाउने बताउनु भयो । जती कार्यक्रम गरे पनि अझ जुम्लामा सबैलाई बुझाउन जरूरत रहेको रहेको उहाँको भनाइ छ । प्रतियोगिताबाट छनोट भउका विद्यार्थीलाई सुर्खेतमा पनि आफ्नो कडा प्रतिभा देखाउन उहाँले अनुरोध गर्नुभएको छ ।