
नौरते नेपाली, जेठ १५ जुम्ला
जुम्ला बहुमुखि क्याम्पस जुम्लामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सामुदायिक विद्यालयहरुमा मातृभाषामा पठनपाठन गर्नुपर्नेमा जोड दिएका छन् । भाषा आयोग काठमाण्डौंले जिल्लाको चन्दननाथ नगरपालिकामा गरेको बहुभाषिक शिक्षा नमुना विकास प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताहरुले स्थानीय कला, संस्कृति र भाषा संरक्षणका लागि मातृभाषामा शिक्षा दिनुपर्ने माग गरेका छन् ।
स्थानीय सरकारको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले आफनै भाषामा पठनपाठन गर्दा शिक्षण सिकाइ उपलब्धि राम्रो हुने र अपनत्व महसुस हुने भएकाले मातृभाषाको शिक्षा आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डाक्टर लेवदेव अवस्थीले भाषाको बारेमा प्रचार प्रसार र भातृभाषाको अभियान गाउँटोल घरसम्म पु¥याउनका लागि बालविकास सामुदायिक विद्यालयका शिक्षकलाई अभिमुखीकरण गरेको बताउनुभयो ।
बालबालिकालाई मातृ भाषामै पठनपाठन गर्दा राम्रो हुने तर्क उहाँले गर्नुभयो । अवस्थीले बाल मनोविज्ञान मातृभाषामा पढाउँदा असर पनि नपर्ने र सिकाइ राम्रो हुने बताउनुभयो । भाषा आयोगका सदस्य उषा हमालले घरदेखी विद्यालयसम्म मातृभाषाको प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भाषाको शिक्षामा प्रयोग सम्भाव्यता अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै मातृभाषाको शिक्षाले पढाइमा सकारात्मक असर परेको उल्लेख गर्नुभयो ।
उहाँले कर्णाली प्रदेसको सुर्खेतमा रहेको चौकुने गाउँपालिकामा मगर भाषालाई सरकारी कामकाजको भाषामा रुपमा प्रयोगमा आएको बताउनु भयो । जुम्लाको सिंजामा वर्ण निधारणको काम गरेको भन्दै उहाँले जुम्लाले खष सभ्यताको विरासत बोकेको जानकारी गराउनु भयो । मातृभाषा पठनपाठनले मातृभाषाको आवश्यकता र औचित्य पुष्टि गरेकाले सबै भाषामा शिक्षण सिकाइ हुँदा राम्रो हुने उहाँको सुझाव छ ।
चन्दननाथ नगरपालिका जुम्लाका नगर प्रमुख राजुसिंह कठायतले मातृभाषाको शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । नगरपालिका भित्र रहेका सबै विद्यालयका शिक्षकहरुलाई बोलाएर खष भाषाको पठन पाठन गर्ने विषयमा छलफल गर्ने उहाँको भनाइ छ । कठायतले मातृभाषाको शिक्षाको लागि नगरपालिका तयार रहेको समेत प्रतिबद्धता जनाउनुभयो ।
मातृभाषाको शिक्षा दिन आफुहरु तत्पर रहे पनि नीतिको अभाव र आवश्यक जनशक्ति तथा पाठयपुस्तक समेत प्रबन्ध मिलाउने उहाँको भनाइ छ । खष भाषाको पठनपाठनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । मातृ भाषाको शिक्षाले विद्यार्थीलाई बुझ्न र पठन पाठनमा समेत सहज हुने भएकाले आफु स्थानीय सरकार सञ्चालन ऐन, प्रदेश र संघीय कानुन समेतलाई ध्यानमा राखी भाषा नीति निर्माण गरेर अगाडि बढ्ने बताउनुभयो ।
खष भाषा शब्दकोषका निर्माता रमानन्द आचार्यले १५ हजार वर्ष पहिलेको खष इतिहासलाई बचाई राख्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा जिम्मेवारी सरेको बताउनु भयो । नेपाली भाषाको जननी जुम्लाको सिंजा हो ? उहाँले भन्नुभयो जुम्लाको चुलोचौकोमा खष भाषाको बोलीचाली हुन्छ । खष भाषाको उत्थानमा सबैको हातेमालो हुनु पर्ने उहाँको भनाइ छ ।
शिक्षामा मातृभाषाको प्रयोग सम्भाब्यताको अध्ययनले खष भाषाको आवश्यकता आँैल्याएकाले बताउनुभयो । जुम्ला बहुमुखि क्याम्पस प्रमुख डाक्टर ओम प्रकाश आचार्यले मातृभाषाको स्तर पहिचान र शिक्षामा प्रयोग सम्भाव्यताको अध्ययन गरिनु पर्ने बताउनु भयो । बहुभाषिक शिक्षाको नमुना विकास गर्न शिक्षक तयारी, पाठ्य सामग्रीको विकास, शिक्षण सिकाइ विधि, मूल्याङ्कन पद्धति, व्यवस्थापन तथा गुणस्तरीय शिक्षा विकासका निम्ति सहकार्य हुनु पर्ने उहाँको भनाइ छ ।
आचार्यका अनुसार प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने र आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुनु पर्ने बताउनु भयो । प्रध्यापक डाक्टर जीवेन्द्र गिरीले नेपालको संविधानको धारा ३२ मा भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको व्यवस्था गरेको बताउनु भयो ।
त्यसै गरी राज्यले बहुभाषिक नीति अवलम्बन गर्दै विभिन्न भाषाहरुको बीचमा पारस्पारिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय एकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने राज्यको नीति लिएको समेत उहाँले जानकारी गराउनु भयो ।
खषभाषाले सरकारी कामकाजको भाषाको रूपमा मान्यता पाउन पुरा गर्नुपर्ने आधार तयार गरी सिफारिस गर्न नेपालको संविधानको धारा २८७ मा संविधान प्रारम्भ भएको मितिले एक वर्षभित्र प्रदेशहरूको प्रतिनिधित्व हुने गरी भाषा आयोगको गठन, यसको संरचना, अध्यक्ष तथा सदस्यको पदावधि, नियुक्ति प्रक्रिया, आयोगको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको समेत कार्यक्रममा जानकारी गरिएको छ ।