नेपाल पत्रकार महासंघ जुम्लामा अनिश्चित तालाबन्दी – Karnali News

नेपाल पत्रकार महासंघ जुम्लामा अनिश्चित तालाबन्दी

 १३ जेष्ठ २०७९, शुक्रबार ०९:२३  

जेठ १३ जुम्ला
नेपाल पत्रकार महासंघ शाखा जुम्लामा अनिश्चिित तालाबन्दि गरिएको छ । पत्रकारका हक हितको विषयमा नबोली सत्ता उन्मादले फुलेको बेलुन जस्तो नेतृत्वले व्यक्तिगत कुण्ठा पोख्न उद्यत भएकाले तालबान्दि गरिएको हो । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, पत्रकार समाज र मिडिया नेपाल संगठनका प्रमुखहरुको संयुक्त हस्ताक्षेरमा विज्ञप्ति जारी गर्दै तालाबन्दि गरिएको छ ।

जेठ महिनाको ९ गतेका दिन जिल्लामा रहेका क्रियासिल पत्रकारहरुले निकाले प्रेस विज्ञप्ति नै पत्रकार महासंघ जुम्लाको नेतृत्वमा रहनेबाट भए गरेका अमर्यादित, अनियमित, अनुशासन हिन गतिविधिका कारणले तााबन्दि गरिएको प्रेस चौतारी नेपाल जुम्लाका अध्यक्ष नौरते नेपालीले बताउनु भयो ।

उहाँका अनुसार महासंघ पत्रकारहरुको हकहितका लागि बोल्ने, समस्या समाधानका निम्ति पहल चाल्ने, व्यक्तिव्यक्ति बीच आउने तिक्तता मेटाउने सेतु बनेको भए हामीले समस्या देखाउने बित्तिकै समाधानको निम्ति पहल गरिन्थ्यो होला उहाँले भन्नुभयो । तर, ’कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तो नेतृत्वबाट विना प्रमाणका व्यक्ति केन्द्रित झुठो आरोप लगाई उल्टै विज्ञप्ति निकाल्नु भनेको लाजको पसारो सिवाय केही होइन । अध्ययन, चिन्तन मनन, स्वतन्त्र लेखन र पत्रकारिताको निश्चित समय हुँदैन ।

जुनसुकै पेशा, व्यवसायकाले जुनसुकै समयमा लेख्न र बोल्न सक्छ । श्रव्य, दृश्य सामग्री तयार गर्न सक्छ । एक व्यक्तिले मेहनतका साथ गरेका कामको सचेत वर्गले प्रशंसा गर्छ उहाँले भन्नुभयो उसले अरु काम गर्दागर्दै पनि लेखेर पत्रकारिता क्षेत्रलाई योगदान दिएको भनि धन्यवाद दिन्छ । तर, अचेत मानसिकता बोकेकाले रिस मान्छ । कुण्ठा पालेर हिड्छ र खुट्टा तान्छ । कसरी हुन्छ उसले गरिरहेको कामबाट उसलाई विमुख गराउन खोज्छ विज्ञप्तिमा भनिएको छ ।

पत्रकार महासंघ जुम्ला शाखा बेथितिको चाङ हो भन्ने कुरा आम जनताको माझमा छताछुल्ल भइसकेको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं । विज्ञप्तिमा भनिएको छ, सिओले घोच्दा पनि नबिझ्ने गैडाको छाला जस्तो पत्रकार महासंघको संकिण नेतृत्व सच्चिएला भनि सोच्नु ’गोरुलाई धोएर गाई बन्छ’ भन्नु जस्तै भएको भन्नेमा हाम्रो एक मत छ ।

राजनीतिक आस्थाको आधारमा सार्वजनिक व्यक्तिको छवि धमिल्याउन उद्दत, पत्रकार लडाएर राज गर्ने मानसिकता, पत्रकारलाई जहाँ भेटायो त्यहीँ हान्छु, मार्छ भन्ने अपराधिक सोच, अपारदर्शी नियतका साथ अगाडि बढेको नेतृत्वको विरुद्धमा अन्तिम लडाइँ लड्नुको विकल्प नभएको भन्दै आजकै मितिदेखि पत्रकार महासंघ जुम्ला शाखामा अनिश्चितकालीन ताला लगाइएको जानकारी गराउँदछौं ।