
कालीवहादुर परियार, जेठ ९ जुम्ला
चन्दननाथ नगरपालिका जुम्लाका नवनिर्वाचित नगर उपप्रमुख रामदेवि खड्काले आफ्नो कार्यकालमा पाउने सेवा सुबिधा गरीब, निमुखा, दलित र बिपन्न परिवारका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सोमवार बिहान पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै नगर उपप्रमुख खड्काले आफ्नो कार्यकालमा आफुलाई उपलब्ध हुने सेवा सुबिधा नलिएर जनताका नाममा खर्च गर्ने प्रतिबद्धता गर्नु भएको हो ।
नेपाली कांग्रेसको अगुवाईमा बनेको नेपालको संबिधान २०७२ ले ब्यवस्था गरे अनुरुप जनतालाई पाएक पर्ने ठाउँबाट सेवा दिने ध्येयका साथ स्थानीय तहको संरचना निर्माण भई २०७४ को स्थानीय तहको पाँच वर्ष पछि २०७९ बैशाख ३० गते भएको दोस्रो निर्वाचनबाट बिजय गराउनु हुने सम्पुर्ण नगरवासीलाई उहाँले धन्यवाद समेत दिनु भएको छ । नगरवासीलाई आफुले पाँच वर्ष सम्म पाउने सेवा सुविधा जनताका नाममा कोष खडा गरी जनताकै सेवामा लगानी गर्ने नगर उपप्रमुख खड्काको प्रतिबद्धता रहेको छ ।
नगर उपप्रमुख खड्काले आफ्नो पाँच वर्षे कार्यकालको मासिक सेवा सुबिधालाई मेरो नभई नगरवासीको हो भन्ने हेतुका साथ कोष निर्माण गरी एकल, महिला, दलित, गरीब र बिपन्न परिवारका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उहाँका अनुसार बिद्धमान कानुनले ब्यवस्था गरे अनुरुप उपमेयरको हैसियतले प्राप्त गर्ने सबै अधिकारमा कुनै प्रकारको प्रभावमा नपरी न्याय सम्पादन गर्ने बताउनु भयो ।
पत्रकार सँग कुराकानी गर्दै उपमेयर खड्काले देशमा मौलाउदै गएको भ्रष्टचारलाई न्युनिकरण गर्न हदै सम्मको प्रयत्न गर्ने उहाँको प्रतिबद्धता रहेको छ । जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई प्रगाढ बनाउदै जनताको काम छिटोछरीतो, पारर्दशिता, भयरहित र निष्पक्ष बनाउने बताउनु भयो । उहाँका अनुसार बिकास निर्माण जनताको आवश्यकतामा आधारित बनाउन सक्रिय रहेको बताउनु भयो ।
आफु चन्दननाथ नगरपालिकाको उपमेयर भईसके पछि आफ्नो कार्यकक्षमा आएका न्यायका काम सबैको समानुपातिक तबरले निरुपण गर्ने उहाँले बताउनु भयो । आफ्नो कार्यकालमा सडकका पिडिमा सुत्ने बालबालिकाको ब्यवस्थापन, छाउपडि न्युनिकरण र बाल विवाह न्युनिकरणमा जोड दिने उहाँको भनाइ छ ।