
नौरते नेपाली, जेठ ३ जुम्ला
सिंजा गाउँपालिका अध्यक्षमा नेकपा माओवादि केन्द्रका पूर्ण प्रसाद धिताल निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसका नन्दराम बुढालाई पराजित गर्र्दै धिताल विजयी हुनु भएको हो । यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादि केन्द्रका सितली बुढा निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसका रजनकला शाहीलाई पराजित गर्दै रोकाया उपाध्यक्षमा विजयी हुनु भएको हो ।
२०७४ मा धिताल गाउँपालिका अध्यक्षमा पराजित हुनु भएको थियो । त्यति बेला उहाँ नेमकिपाबाट गाउँपालिका अध्यक्षमा उठ्नु भएको थियो । अहिले नेकपा माओवादि केन्द्रबाट टिकट लिएर धिताल गाउँपालिका अध्यक्षमा लड्नु भएको थियो । निर्वाचित धिताल नेकपा माओवादि केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ । धिताल लामो समय शिक्षण पेशामा आवद्ध भएर पछिलो समय राजनीतिकमा जोडिनु भएको हो ।