
नौरते नेपाली, जेठ २ जुम्ला
हिमा गाउँपालिकामा नेपाली काँग्रेसका लक्ष्मण शाही विजयी हुनु भएको छ । नेकपा माओवादि केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी हुनु भएको छ । अमरजंग भन्दा लक्ष्मण शाहीले ४ सय बढी मत ल्याएर विजयी हुनु भएको हो । विजयी शाही नेपाली काँग्रेसको पार्टी सचिव समेत हुनुहुन्छ ।
२०७४ मा लक्ष्मण शाहीले झिनो मतले गाउँपालिका अध्यक्षमा पराजित हुनु भएको थियो । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट हिमाबासिको माया नेपाली काँग्रेसका बलियो उम्मेदवारका रुपमा रहेका शाहीले अध्यक्षमा बाजी मार्नु भएको हो । लक्ष्मण शाही लामो समय देखि नेपाली काँग्रेसको राजनीतिकमा सक्रिय हुनुहुन्छ ।