नगरमा स्वतन्त्र उम्मेदवार कठायत ४१० मतले अगाडी, जीवन पछारीदै – Karnali News

नगरमा स्वतन्त्र उम्मेदवार कठायत ४१० मतले अगाडी, जीवन पछारीदै

 २ जेष्ठ २०७९, सोमबार ०८:३४  

जेठ २ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर १ देखि ५ सम्मको मत गणना सकिदा स्वतन्त्र तर्फका नगर प्रमुदका उम्मेदवारले नेकपा माओवादि केन्द्रका जीवन बुढथापालाई पछि पार्नु भएको छ । बुढथापाले ८८६ मत प्राप्त गर्दा कठायतले १२९६ मत पाउनु भएको छ । बुढथापा भन्दा कठायत ४१० मतले अगाडी हुनुहुन्छ । चन्दननाथ नगरपालिका भित्रको वडा नम्बर ५ सम्मको ३७९४ मत खसेकोमा ३६६५ मत गणना भइसकेको छ ।

चन्दननाथ नगरपालिकाको अपडेट
नगरप्रमुख
राजुसिंह कठायत स्वतन्त्र (धारो) ः १२९६
जीवनबहादुर बुढ्थापा (माओवादी) ः ८८६
पदमबहादुर शाही (काँग्रेस) ७९९
धर्मेन्द्र रोकाया (सूर्य) ः ३४८
राजुसिंह कठायत जीवन बुढथापा भन्दा ४१० मतले अगाडी
नगर उपप्रमुख
रामदेवी खड्का (कांग्रेस) ः ११४५
पुर्णिमा विक (माओवादी) ः ८४४
मेनका रेग्मी (एमाले) ः ४९८
भिमबहादुर थापा (समाजवादी) ः ६५८
रामदेवि खडका पूर्णिमा विक भन्दा ३०१ मतले अगाडी