
जेष्ठ १ जुम्ला
हिमा गाउँपालिकामा नेपाली काँग्रेसका लक्ष्मण शाहीको अग्रतालाई अरु उम्मेदवारले उछिन सकेको अवस्था छैन् । सुरुवाति देखि लक्ष्मण शाहीले लिएको अग्रता हालसम्म कामय रहेको छ । शाहीले ११६३ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्द्धी नेकपा माओवादि केन्द्रका अमरजंश शाहीले ७०६ पाउनु भएको छ । अमरजंग भन्दा लक्ष्मण शाही ४६० मतले अग्र स्थानमा हुनुहुन्छ ।
यस्तै, नेकपा एसका भैवहादुर रोकायाले ५९४ मत पाउनु भएको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका रतन शाहीको पुरै प्यानल विजयी भएको छ । ३२८ मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार शाही निर्वाचित हुनु भएको हो । वडा नम्बर २ मा नेकपा एसको पुरै प्यानल निर्वाचित भएको छ ।
नेकपा एसले १६६ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचत भएको निर्वाचन अधिकृत रितु राईले बताउनु भयो । वडा नम्ब ३ मा नेकपा माओवादि केन्द्रका धनविर रोकाया वडाध्यक्षमा विजयी हुनु भएको छ ।