
जेठ १ जुम्ला
चन्दननाथ नगरपालिक वडा नम्बर ३ को मतगणना कार्य जारी रहेको छ । वडा नम्बर १, २ र ३ नम्बर वडाको मत गणना हुँदै गर्दा नेकपा माओवादि केन्द्रका जीवन बुढथापाले स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतलाइृ पछि पार्नु भएको छ । बुढथापाको आफ्नै वडामा आई पुग्दा कठायतलाई पछि पार्नु भएको हो । जीवन बुढथापाको वडामा जम्मा खसेको ७९९ मत मध्ये ३०० गणना हुँदा कठायत भन्दा बुढथापा ३४ मतले अगाडी हुनुहुन्छ ।
चन्दननाथ नगरपालिकाको अपडेट
नगरप्रमुख
राजुसिंह कठायत स्वतन्त्र (धारो) ः ५६८
जीवनबहादुर बुढ्थापा (माओवादी) ः ६०२
पदमबहादुर शाही (काँग्रेस) ४२७
धर्मेन्द्र रोकाया (सूर्य) ः २०४
नगर उपप्रमुख
रामदेवी खड्का (कांग्रेस) ः ६२३
पुर्णिमा विक (माओवादी) ः ५४९
मेनका रेग्मी (एमाले) ः ३६५
भिमबहादुर थापा (समाजवादी) ः २९१
तिन वटा वडामा खसेको मत २४२७
गणना भएको मत १०२५
वडा नम्बर १ मा खसेको मत ९४७
वडा नम्बर २ मा खसेको मत ६८१
वडा नम्ब ३ मा खसेको मत ७९९