
वैशाख २ जुम्ला
चन्दननथ नगरपालिका वडा नम्बर २ मा खसेको ६८१ मत मध्ये १०० मत गनि गन्दा नेकपा माओवादि केन्द्रले ४३ मत प्राप्त गरेको छ । माओवादिले ४३ मत प्राप्त गर्दा पनि स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । स्वतन्त्रबाट मेयरमा उम्मेदवार उठनु भएका राजुसिंह कठायतले अग्रता लिनु भएको हो । उहाँको चुनाव चिन्ह धारा रहेको छ । कठायतले ३८६ मत पाउनु भएको छ ।
यस्तै मेयरमा माओवादीका उम्मेदवार जीवन बुढ्थापाले २०४ र कांग्रेसका पदमबहादुर शाहीले २१९ मत पाउनु भएको छ । नेकपा एमालेका धर्मेन्द्र रोकायाले १२० मत पाउनु भएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी रामदेवी खड्काले ३५९ मतका साथ अग्रता लिनु भएको छ । माओवादीका पूर्णिमा विकले २४४ मत पाउनु भएको छ । नेकपा एमालेका मेनका रेग्मीले १५० मत पाउनु भएको छभने नेकपा एसका भीमवहादुर थापाले १३३ मत पाउनु भएको छ ।