हिमा १ मा काँग्रेस र २ मा नेकपा एसको पुरै प्यानल निर्वाचित – Karnali News

हिमा १ मा काँग्रेस र २ मा नेकपा एसको पुरै प्यानल निर्वाचित

 ३१ बैशाख २०७९, शनिबार १९:२७  

वैशाख ३१ जुम्ला
हिमा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका रतन शाहीको पुरै प्यानल विजयी भएका छन् । ३२८ मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार शाही निर्वाचित भएको खबर प्राप्त भएको छ । २२८ मत प्राप्त गर्दै नेकपा माओवादि केन्द्रका उम्मेदवार पराजित भएका छन् । माओवादिका वडाध्यक्षका उम्मेदवारलाई १ सय मतान्तरले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार रतन शाही विजयी भएका हुन् ।

यसैबिच, हिमा गाउँपालिका वडा नम्बर २ मा नेकपा एसको पुरै प्यानल निर्वाचत भएको छ । नेकपा एसले १६६ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचत भएको निर्वाचन अधिकृत रितु राईले बताउनु भयो । नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एसको पुरै प्यानल विजयी भएको हो । नेपाली काँग्रेसका उम्मेदवारले १११ मत प्राप्त गरेको उहाँको भनाइ छ । हिमा गाउँपालिका जुम्लामा ४९८ मत खसेको राइले बताउनु भयो । उहाँका अनुसार अब वडा नम्बर ३ को मतगणना कार्य सुरु भएको जानकारी गराउनु भयो ।

हिमा गाउँपालिका अपडेट
नेकपा एमालेका जयवहादुर खत्री ६१
नेपाली काँग्रेसका लक्ष्मण शाही ५६९
नेकपा माओवादि केन्द्रका अमरजंग शाही २६४
नेकपा एसका भैवहादुर रोकाया ३७४
उपाध्यक्ष
भागीरथी शाही (नेकपा एमाले) २३४
सुर्पुना शाही (नेपाली काँग्रेस) ३५३
कल्पना परियार (माओवादि) ३५३
नेकपा एस २६७