
वैशाख ३१ जुम्ला
जुम्लाको चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले सुरूआती अग्रता लिनु भएको छ । स्वतन्त्रबाट मेयरमा उम्मेदवार उठनु भएका राजुसिंह कठायतले अग्रता लिनु भएको हो । उहाँको चुनाव चिन्ह धारा रहेको छ । ६५१ मतगणना हुँदा कठायतले २५६ पाउनु भएको छ । यस्तै मेयरमा माओवादीका उम्मेदवार जीवन बुढ्थापाले ११४ र कांग्रेसका पदमबहादुर शाहीले १२७ मत पाउनु भएको छ ।
नेकपा एमालेका धर्मेन्द्र रोकायाले ७६ मत पाउनु भएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी रामदेवी खड्काले २२५ मतका साथ अग्रता लिनु भएको छ । माओवादीका पूर्णिमा विकले १४६ मत पाउनु भएको छ । नेकपा एमालेका मेनका रेग्मीले ९५ मत पाउनु भएको छभने नेकपा एसका भीमवहादुर थापाले ८४ मत पाउनु भएको छ ।
वडाध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका तिलक न्यौपाने २०२, नेकपा एमालेका अमृतकृष्ण आचार्य १५५, नेकपा माओवादि केन्द्रका राजवहादुर भक्री १७१ र नेकपा एसका दयादत्त हमालले १० मत पाउनु भएको छ । नेपाली काँग्रेसका न्यौपानेले वडाध्यक्षमा अग्रता लिनु भएको छ ।