
नौरते नेपाली, वैशाख ३१ जुम्ला
तातोपानी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काँग्रसको उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका कर्णवहादुर कठायतले ३१४ मत ल्याएर विजयी हुनु भएको छ । अध्यक्ष पदका प्रत्यासी नेकपा माओवादि केन्द्रका लोक वहादुर कठायतले २४३ मत ल्याएर पराजित हुनु भएको छ भने नेकपा एमालेका विरमान सार्कीले ८६ मत प्राप्त गर्नु भएको छ ।
तातोपानी गाउँपालिका अध्यक्षका उम्मेदवार नेकपा माओवादि केन्द्रका विरवहादुर कुँवरले २३३ मत प्राप्त गर्दै अग्रस्थानमा हुनुहुन्छ । उपाध्यक्षका उम्मेदवार रेउती रावलले २४५ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका सुरत वहादुर शाहीले १६२, उपाध्यक्ष ज्यावाला चौलागाईले १०९, नेपाली काँग्रेसका नन्द प्रसाद चौलागाई २४२, विन्दु अधिकारीले २२९ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी नेकपा एसका हिमालय खत्रीले ३१ मत र उपाध्यक्ष पदका उम्मेदवार नारायणी चौलागाईले ७६ मत प्राप्त गर्नु भएको छ । पातारासि गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादि केन्द्रका लालसिंह ऐडि वडाध्यक्षमा विजयी भएका छन् ।
नगरपालिकामा कठायतको अग्रता
चन्दननाथ नगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार राजुसिंह कठायतको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को ४५१ मत गनि सक्दा कठायतले १८३ मत प्राप्त गर्नु भएको छ । खसेको ९४७ मत मध्ये अहिले सम्म ४५१ मत गणना भइ सकेको छ । नेकपा माओवादि केन्द्रका जीवन बुढथापले ८९, पुर्णिमा विकले १०५, नेकपा एमालेका धर्मेन्द्र रोकायाले ४३, मेनका रेग्मीले ६२, नेपाली काँग्रेसका पदवहादुर शाही ८३ र रामदेव खडकाले १५६ मत प्राप्त गर्नु भएको छ ।
नगर उपप्रमुखमा खडकाले लिड गर्नु भएको छ । नेकपा एसका नगर उपप्रमुखका उम्मेदवार भभीवहादुर थापले ५२ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ को वडाध्यक्ष पदमा नेकपा माओवादि केन्द्रका राजवहादुर भक्रीले १२८ मत प्राप्त गर्दै अग्र स्थानमा हुनुहुन्छ भने १३७ मत प्राप्त गर्दै नेपाली काँग्रेक तिलक न्यौपाने दोस्रो र नेकपमा एमालेका अमृतकृष्ण आचार्य १०१ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।
जुम्लामा ७६.४९ प्रतिशत मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनु भयो । जुम्लाका ६७ हजार ७ सय ४४ मतदाता मध्ये महिला २५ हजार ६ सय ४५ र पुरुष २५ हजार ४ सय ९९ जनाले मतदान गरेको उहाँले बताउनु भयो । जम्मा ५१ हजार १ सय १४ मत खसेको उहाँको भनाइ छ । पुरुष भन्दा महिला १४६ जनाले बढी मत खसालेका छन् ।
जुम्लामा पुरुष मतदाता बढी रहेका छन् । तर, मतदान पुरुष भन्दा महिलाले बढी गरेका छन् । गुठीचौर गाउँपालिका वडा नम्बर ३ मा रहेको शंकर बहुउद्देश्यि मावि मतदान केन्द्रमा वैशाख ३० गतेका दिन स्थगीत भएको मतदान कार्य जेष्ठ १ गते अर्थात भोली आईतबारका पुन मतदान गर्ने तयारी भएको रिजालले बताउनु भयो । अन्य पालिकाको मतगणनाको विवरण आई सकेको छैन् ।