जुम्लाको चन्दननाथ नगरपालिकामा मतगणना सुरु, १०३ मतले कठायत अगाडी – Karnali News

जुम्लाको चन्दननाथ नगरपालिकामा मतगणना सुरु, १०३ मतले कठायत अगाडी

 ३१ बैशाख २०७९, शनिबार ०७:१२  

नौरते नेपाली, वैशाख ३१ जुम्ला
जुम्लाका आठ वटा स्थानीय तह मध्ये चन्दननाथ नगरपालिकामा शुक्रबार मध्यरातीबाट मतगणना कार्य सुरु भएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर १ बाट मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नम्बर १ मा ९४७ मत खसेकोमा हालसम्म २५१ मत गणना भएको सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले बताउनु भयो ।

२५१ मत गनी सक्दा स्वतन्त्र तर्फका उम्मेदवार राजुसिंह कठायतले १०३ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । यस्तै नेकपा माओवादि केन्द्रका जीवन बुढथापाले ५९ मत प्राप्त गर्नु भएको छ । भने नगर उपप्रमुख पदका उम्मेदवार पूर्णिमा विकले ६४ मत पाउनु भएको छ । नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार धर्मेन्द्र रोकायाले २६ मत र उपप्रमुख पदका उम्मेदवार मेनका रेग्मीले ३४ मत पाउनु भएको छ । यसै गरि नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार पदमवहादुर शाहीले ३२ र उपप्रमुख पदका उम्मेदवार रामदेवि खडकाले ८२ मत प्राप्त गर्नु भएको छ ।

नेमकिपाका नगर प्रमुद पदका उम्मेदवार जयकृष्ण धरालाले १ र उपप्रमुख पदका उम्मेदवार हस्तना खत्रीले ३ मत प्राप्त गर्नु भएको छ । हाँस चुनाव चिन्ह लिएर स्वतन्त्र रुपमा नगर प्रमुखका उम्मेदवार नारायण शाहीले २ मत प्राप्त गर्नु भएको छ । हालसम्म नगर प्रमुखमा धारो चुनाव चिन्हका कठायत र नेपाली काँग्रेसका नगर उपप्रमुख पदका उम्मेदवार खडका अग्रस्थानमा हुनुहुन्छ ।

वडा नम्बर १ वडाध्यक्षका उम्मेदवार नेकपा एमालेका अमृतकृष्ण आचार्यले ५५, नेपाली काँग्रेसका तिलक न्यौपानेले ८१ र नेकपा एकिकृत समाजवादिका दयादत्त हमालले ३ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार न्यौपाने लिड गर्नु भएको छ । जुम्लामा ७६.४९ प्रतिशत मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनु भयो ।

जुम्लाका ६७ हजार ७ सय ४४ मतदाता मध्ये महिला २५ हजार ६ सय ४५ र पुरुष २५ हजार ४ सय ९९ जनाले मतदान गरेको उहाँले बताउनु भयो । जम्मा ५१ हजार १ सय १४ मत खसेको उहाँको भनाइ छ । पुरुष भन्दा महिला १४६ जनाले बढी मत खसालेका छन् । जुम्लामा पुरुष मतदाता बढी रहेका छन् । तर, मतदान पुरुष भन्दा महिलाले बढी गरेका छन् ।

गुठीचौर गाउँपालिका वडा नम्बर ३ मा रहेको शंकर बहुउद्देश्यि मावि मतदान केन्द्रमा वैशाख ३० गतेका दिन स्थगीत भएको मतदान कार्य जेष्ठ १ गते अर्थात भोली आईतबारका पुन मतदान गर्ने तयारी भएको रिजालले बताउनु भयो । अन्य पालिकाको मतगणनाको विवरण आई सकेको छैन् ।