एक सय २५ लिटर घरेलु मदिरा नष्ट – Karnali News

एक सय २५ लिटर घरेलु मदिरा नष्ट

 २६ बैशाख २०७९, सोमबार १७:३८  

कालीवहादुर परियार, वैशाख २६ जुम्ला
स्थानीय तहको चुनाव आउन अब ४ दिन मात्रा बाँकि रहदा प्रहरी प्रशासनले आफ्नो कामलाई तिब्रता बनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको चुनावको समयमा मदिराजन्य पदार्थ बिक्रि वितरणमा रोग लगाउनको लागि तिला गाउँपालिकाको रारालिहीमा रहेको प्रहरी चौकीले ७० लिटर मदिरा बरामद गरी नष्ट गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले चुनावको बेलामा मदिराजन्य पदार्थ बिक्री बितरण गर्न नपाईने भनि सूचना जारी गरेको थियो । जारी गरेको सूचनालाई अवज्ञा गरेकाले ७० लिटर मदिरा बरामद पछि नष्ट गरिएको रारालिही प्रहरी चौकीका प्रहरी बरिष्ठ सहि भुपेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावको बेला मदिरा सेवन गरी समाजमा उच्छृंखल घटना हुने भएकाले मरिदा बरामद गरि नष्ट गरिएको बताउनु भयो । शाहीका अनुसार आईतबारका दिनमा तिला गाउँपालिकाको वडा नम्वर ७ मा रहेका बिभिन्न पसल र होटेलबाट ५५ लिटर मदिरा बरामद पछि नष्ट गरिएको बताउनु भयो ।

यस्तै आज सोमबारका दिनमा वडा नम्वर १ रारालिहीको सेरी बजारमा रहेका पसल र होटेलबाट ७० लिटर गरी १ सय २५ लिटर मदिरा बरामद गरि नष्ट गरिएको शाहीले बताउनु भयो । चुनावको मतगणना नसकिन्जेल सम्म तिला गाउँपालिकामा कुनै पनि प्रकारका मदिराजन्य पदार्थ बिक्रि बितरण र ओसारपसार गर्न नपाईने गरी बन्देज गराएको छ ।