
कालीवहादुर परियार, वैशाख २४ जुम्ला
चन्दननाथ नगरपालिका नगरप्रमुखका उम्मेदवारहरुले बालबालिकालाई चुनावमा प्रचार प्रसार नगर्ने नगराउने साझा प्रतिवद्धता गरेका छन् । निर्वाचन आचार संहितालाई कार्यान्वयन गर्ने बताउँदै उनिहरुले १८ वर्ष मुनिका बालबालिकालाई निर्वाचन प्रचार प्रशारमा सहभागि नगराउने बताएका हुन् ।
नगर प्रमुख पदका उम्मेदवारहरुसँग रेडियो कर्णाली जुम्लाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि उनिहरुले यस्तो बताएका छन् । नगर प्रमुख पदका उम्मेदवार धर्मेन्द्र रोकाया, पदमवहादुर शाही र जयकृष्ण धरालाले निर्वाचनमा बालबालिकालाई प्रचार प्रशार नगर्ने प्रतिवद्धता गरेका हुन् ।
उनिहरुले गुणस्तरीय शिक्षा आजको आवश्यकता, बालमैत्री बिद्यालयको परिकल्पना लगायतका बिषयमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । आफु नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित भएर आएमा नगरलाई समृद्धि बनाउने परिकल्पनाका साथ प्रतिबद्धता पत्रमा हस्ताक्षेर गरेका हुन् ।
नगरप्रमुख पदका उम्मेदवार शाही, रोकाया र धराला सँग रेडियो कर्णाली जुम्लाले शनीबारका दिनमा अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस मेयर पदका उम्मेदवार पदम बहादुर शाहीले यदि आफु निर्वाति भएर आएमा नगरलाई हराबरा बनाउने बताउनु भयो ।
नगरमा भएको आर्थिक अनियमितता, फोहोर ब्यावस्थापन, ढल निकास, शिक्षा, स्वास्थ्या क्षेत्रमा आफु कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँका अनुसार आफु कानुनको विद्यार्थी भएकाले पछि आफुले नगरमा दरिलो कानुन बनाउने बताउनु भयो । ५३ वर्षीया शाहीले कानुन बिषयमा स्नातक गरि विगत ३० वर्ष देखि कानुनी तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउनु भयो ।
शाहीका अनुसार शिक्षण पेशाबाट आफ्नो जीवनचर्या शुरु गरेको र जुम्लाका विभिन्न विद्यालयहरुमा शिक्षण गरेको अनुभव सुनाउनु भयो । जुम्लाको खलंगामा रहेको चन्दननाथ माध्यमिक विद्यालय, दुर्गा माध्यमिक विद्यालय लाम्रा, जनज्योति माध्यामिक विद्यालय बारेकोटेवडा, सत्यवादी मावि दशाँैदी र प्रावि कुडिमा शिक्षण गरेको उहाँको भनाइ रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्लाको संयोजक भई जिल्लामा पहिलो पटक गाविस स्तरीय बाल क्वल गठन गरि बाल अधिकारकर्मीको रुपमा आफु स्थापित भएको शाहीले बताउनु भयो । यस्तै नेकपा एमाले नगरप्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाका अनुसार आफु नगर पदमा निर्वाचित भएमा नगरपालिकामा शिक्षा, स्वास्थ्या, गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मुल नारालाई आत्मसाथ गर्दै जोड दिने बताउनु भयो ।
उहाँका अनुसार प्रत्येक गाउँमा सुधारिएको कालोपत्रे सडक, टोलटोलमा शुद्ध खानेपानी र ढल निकासलाई जोड दिइने बताउनु भयो । नगरपालिका भित्रका सबै बस्तिमा एक घर एक धारा, निःशुल्क खानेपानी सबैको साहारा नारालाई सार्थक बनाईने रोकायाको भनाइ छ । एक घर एक जुल्ठेनाको फोहोर, कम्पोष्ट मल बनाई कमाऔँ मोहरको नीति निर्माण गरिने रोकायाले बताउनु भयो ।
२ सय युनिट सम्मको बिजुली निःशुल्क गर्ने घोषणापत्रमा उल्लेख गरेको उहाँले बताउनु भयो । यस्तै नेमकिपाका नगरप्रमुखका उम्मेदवार जयकृष्ण धरालाका अनुसार आफु नगरप्रमुखमा निर्वाचित भएमा नगरमा बृक्षरोपण गरेर नगरलाई हरीयाली बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
खाली भएको ठाउँमा नयाँ बिरुवा रोप्ने, गुणस्तरीय शिक्षमा जोड दिने लगाएतका काम गर्ने उहाँको प्रतिबद्धता छ । नगर प्रमुख पदका उम्मेदवारहरुसँग रेडियो कर्णाली बालबालिका निर्वाचनमा प्रयोग नगर्न र उम्मेदवारका चुनावी मुद्दाका विषयमा गरेको अन्तरक्रिया कार्यक्रम जिल्लाकै पहिलो र नमूना हो । यस्तो कार्यक्रम हालसम्म जुम्लामा भएको छैन् ।
स्थानीय तहको निर्वाचन पछि नगर प्रमुखमा आउने व्यक्तिहरुलाई एकै ठाउँमा राखेर गरिएको कार्यक्रममा सहभागि युवारले दिगो विकास, शिक्षा क्षेत्रको ठोस योजना, नगरपालिका भित्रको फोहोर तथा ढल निकास जस्ता कुराहरुलाई कार्यान्वयन हुने विश्वास दिलाउन आग्रह गरेका छन् ।
युवा मैत्री योजना तथा नीति ल्याउन र महिलाको क्षेत्रमा देखिने कामहरु गर्न सुझाव समेत दिएका छन् । अन्तरक्रिया कार्यक्रमको खस रैबार अनलाई र नासो अनलाईनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।