भकारी परियोजनाद्धारा मृतक परिवारलाई आर्थिक सहयोग – Karnali News

भकारी परियोजनाद्धारा मृतक परिवारलाई आर्थिक सहयोग

 २३ बैशाख २०७९, शुक्रबार १८:०३  

महेन्द्र जङ्ग शाही, वैशाख २३ जुम्ला
मिति २०७९ साल वैशाख २१ गतेका दिन तिला गाउँपालिका—२, लिही, जुम्लामा २ जना नाबालकको पहिरोमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बोहोराको छोरा वर्ष ३ का शिशर बोहोरा र दल बहादुर रावतका छोरा वर्ष ५ का हिमेश रावत रहेका छन् भने मृतक शिशर बोहोरा कि आमा लक्ष्मी बोहोरा सिकिस्त घाईते रहेकी छिन् । मृतकका दुवै परिवार अहिलेसम्म बेहोश अवस्थामा रहेका छन् ।

मिति २०७९ साल वैशाख २१ गतेका दिन तिला गाउँपालिका—२, लिही, जुम्ला स्थित घटना स्थलमा USAID को आर्थिक सहयोग, मर्सिकोर नेपालको अगुवाइ र कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको साझेदारीमा संचालित Building Hope Along The Karnali River Basin (BHAKARI) कार्यक्रमका विपद जोखिम न्यूनीकरण अधिकृत पविना खड्काको नेतृत्वमा टोली पुगेको थियो । उक्त टोलीको प्रतिवेदन पश्चात मर्सिकोर नेपाललाई जानकारी गराइएको कुरा कार्यक्रम संयोजक महेन्द्र जङ्ख शाहीले बताए ।

उक्त टोलीको प्रतिवेदन, सामुदायिक विपद व्यवस्थापन समिति तथा स्थानीय विपद व्यवस्थापन समितिको शिफारिसका आधारमा Building Hope Along The Karnali River Basin (BHAKARI) कार्यक्रमद्धारा २ घरपरिवारलाई आपतकालिन अवस्थामा खान खर्च तथा औषधी उपचारका लागि मिति २०७९ साल वैशाख २१ गतेका दिन तिला गाउँपालिका अध्यक्ष श्री रतननाथ योगीको रोवहर तथा तिला गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष श्री कली बहादुर रावतद्धारा रु १३५०० का दरले चेक हस्तान्तरण गरिएको कुरा कार्यक्रम संयोजक महेन्द्र जङ्ख शाहीले बताए । चेक हस्तान्तरणकै क्रममा कार्यक्रम संयोजक महेन्द्र जङ्ख शाहीले शोकाकुल परिवारका सदस्यहरुलाई हार्दिक श्रद्धान्जली एवं संवेदना प्रकट गरेका थिए ।