
नौरते नेपाली, वैशाख २२ जुम्ला
चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले पाँच वर्षको अवधिमा भएका कामका बारेमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गर्नु भएको छ । विहिबार विहान आफ्नै कार्यकक्षामा पत्रकार सम्मेलन गर्दे उहाँले पाँच वर्षको अवधिमा गरेका कामको सार्वजनिक गर्नु भएको हो । पाँच वर्षको अवधिमा विकास, समृद्धि र नागरिकको हकहितका लागि समय व्यतित गरेको उहाँले बताउनु भयो ।
नगरपालिकाको स्रोत र साधनले भ्यायसम्म विकास गरेको सेजुवालले दावी गर्नुभयो । पाँच वर्षको अवधिमा चालु तर्फ १ अर्ब ४५ करोड ४६ लाख ९५ हजार ९ सय र पुँजीगत तर्फ १ अर्ब १० करोड ४० हजार २६ गरि जम्मा २ अर्ब ४५ करोड ९७ लाख ५९ हजार ९ सय २६ रुपैयाँ खर्च भएको बताउनु भयो ।
मेयर सेजुवालका अनुसार ७० प्रतिशत रकम भौतिक पूर्वाधारका क्षेत्रमा र बाँकि ३० प्रतिशत बजेट कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा खर्च भएको जानकारी गराउनु भयो । एयरपोर्ट दानसाँघु, क्यापम्पस केटिएस, कोटेसाँघु धिमी खाली सडक, कालेखोली देखि ल्याण्ड फिल्ड साईड सम्मको सडक र बिजयनगर सडक आरसिसि भएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।
यसैगरी ठिन्के र जुगाड खोला लघुजलविद्युत आयोजना निर्माण, जनता माविमा ४ करोड ७० लाखको भवन र ३० लाख रुपैयाँको लागतमा प्याराफिड निर्माण भएको सेजुवालको भनाइ छ । चन्दननाथ नमूना माविमा ४ करोड ७० लाख, भगवति माविमा आईसिटि ल्याब, कर्णाली मावि अनामनगरमा नेपाली सेनाको सहयोगमा भवन तथा बास्केट कोट निर्माण, वडा नम्बर १, २, ३, ६ र ९ मा नगर स्वास्थ्य चौकिहरु निर्माणाधिन अवस्थामा रहेको उहाँले बताउनु भयो ।
भगेरी खोला सिंचाई, माझ कुलो निर्माण, दमाई लोहारवाडा मन्दिर निर्माण, दानसाँघु जुवाखोला तटबन्धन, बुढीचौर मन्दिर, भण्डारीवाडा हुँदै ताल्चा सडक निर्माणको काम भएको मेयर सेजुवालले बताउनु भयो । कालेखोलि गोविन्द भण्डारीको घरदेखि ठिन्केसम्म बाटो निर्माण, भण्डारी गाउँ थेप्चे मुलनुन ढुस्का हुँदै सिमल बाटो निर्माण, खोलिकोट र मालिका मन्दिर निर्माण, विपद् व्यवस्थापन कार्यालय देखि धाईफाला सम्मको बाटो निर्माण, ढाणथपला सिंचाई कुलो निर्माण, लाटा दह खोलिकोट र केटिएस सम्म पिच भएको उहाँको भनाई छ ।
सेजुवालका अनुसार अस्थायी हुँदै स्थायी सम्मको ल्याण्ड फिल्ड निर्माण, कालेखोलि देखि चेरे सडक निर्माण, वडा नम्बर २ दुनादनैमा रहेको ल्याण्ड फिल्ड जाने सडकको स्तरन्नति, भण्डारी गाउँ ताल्चा हुँदै पट्मारा सम्म सडक निर्माण, ११ वटा विद्यालयमा आधुनिक शौचालय र हस्पीटल मालाभिड जोड्ने ३ वटा साना पक्कि पुलहरु निर्माण भएको जानकारी गराउनु भयो ।
वडा नम्बर १, ५ र ७ लाई लक्षित गरि गरम कुलो निर्माण भएको मेयर सेजुवालको भनाइ छ । १० वटा मन्दिर, खेलमैदान र ७६ लाख रुपैयाँको कालेखोलिमा सार्वजनिक शौचालय लगायतका महत्वपूर्ण भौतिक पूर्वाधारहरु निर्माण भएको उहाँले जानकारी गराउनु भयो । कारागार नजिकै ४० लाख रुपैयाँ बराबरको तटबन्धन र नगरपालिका भित्र २० वटा जति ट्याक ओपन गर्दा ५० किलोमिटर सडक निर्माण भएको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।
झण्डै ५ किलो मिटर जति आरसिसि र पिसिसि सडक बनेको मेयर सेजुवालले सार्वजनिक गरेको प्रगति विवरणमा लेखिएको छ । नगरपालिका भित्रका ५ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना र ३ वटा वडामा जग्गा खरीद गरि भवन निर्माणको कार्य थालनि भएको सेजुवालले बताउनु भयो ।
उहाँका अनुसार तलिउम बर्थिङ्ग सेन्टर स्तरन्नतिका लागि ३५ लाखको भवन निर्माणाधिन अवस्थामा रहेको बताउनुभयो । कार्तिकस्वामि स्वास्थ्य चौकिमा ८ लाखको दुई कोठे भवन निर्माण, पहुँच देखि टाठा रहेको सेवाग्राहीका लागि बोहोरागाउँ र जातिभिडमा बाह्य खोप केन्द्र निर्माण गरिएको कामलाई उहाँले उपलब्धिमा राख्नु भएको छ ।
जेष्ठ नागरिक, महिला र अपाङ्ग व्यक्तिलाई सरकारले तोकेको भन्दा २० किसिमका औषधिहरु निःशुल्क वितरण गरेको उहाँको भनाइ छ । नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको र ५ सय जना विपन्न नागरिकहरुलाई सुविधा सम्पन्न अस्पतालमा राहतका लागि सिफारिस गरिएको सेजुवालले बताउनु भयो ।
घरमा हुने सुत्केरीलाई शुन्यमा झारिएको बताउँदै उहाँले स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका महिलाहरुलाई न्यानो झोला र यातायात खर्च उपलब्ध गरिएको बताउनु भयो । विपन्न सुत्केरीलाई वडाको सिफारिसका आधारमा ५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको उहाँले पाँच वर्षको अवधिमा भएको कार्य प्रगतिमा राख्नु भएको छ ।
२६ हजार बढीलाई पिसिआर, आरडिटि र एन्टिजेन परीक्षण गरिएको उहाँले बताउनु भयो । कोरोना कहरको बेला होम आइसोलेसनमा बस्ने १० जना जति नागरिकलाई स्वास्थ्य किट, पोषण झोला, भिटामिन सि र क्यालसियम घर घरमा पुगेर कोसेलि झोला उपलब्ध गराईएको मेयर सेजुवालले बताउनु भयो ।
कोभिड १९ खोप पहिलो चरण १ सय ९३, दोस्रो चरणमा १ सय ३२ र बुस्टर ४४ प्रतिशत सहित कर्णाली प्रदेशका ७९ पालिका मध्ये खोप लगाउनेमा ४ औँ स्थानमा पर्न सफल भएको कामलाई उल्लेख्य प्रगतिका रुपमा लिएको उहाँको भनाइ छ । कोभिड १९ खोपयुक्त नगरपालिका घोषणा गर्ने तयारीमा जुटेको उहाँले अवगत गराउनु भयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३४ सय ५० न्यानो झोला र सुत्केरी महिलाहरुलाई यातायात वापत ३५ लाख रकम हस्तान्तरण गरेको उहाँले जानकारी गराउनु भयो । कोरोनाको बेला शिक्षण सिकाईलाई सहज बनाउन भिडियो निर्माण तथा रेडियो कक्षा संचालन, बाल विवाह न्युनिकरणका लागि सडक नाटक तथा सचेतना, १ देखि ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाईमा सहजीकरण गर्नको लागि ४५ वटा बस्तिमा टोल शिक्षा कार्यक्रम संचालन गरिएको र १ देखि ३ कक्षा सम्म स्थानीय विषयको पाठ्यक्रम र पाठ्य पुस्तक निर्माण गरिएको सेजुवालले बताउनु भयो ।
उहाँका अनुसार कोरोनाको बेला २५ लाख बराबरको राहत वितरण, १० वटा वडाका २० वटा आमा समूहलाई लैङ्गिक हिंसा सम्बन्धि सेचतनामुलक कार्यक्रम, १० वटै वडामा स्याउ, सिमि, आलु, धान, प्याज र तरकारी पकेट क्षेत्र बनाएको उहाँले अवगत गराउनु भयो । विभिन्न समूहलाई ५ वटा मिनि टिलर वितरण गरिएको सेजुवालको भनाइ छ ।
१० वटै वडाका एकल महिलाहरुलाई बाझो जमिन नराख भनेर १० जनालाई बिउपुँजि वापत आर्थिक सहयोग दिईएको सेजुवालले बताउनु भयो । ६ जनाको मानवीय क्षति भएको भन्दै उहाँले प्रति परिवार १ लाख रुपैयाँ उपलब्ध गरिएको जानकारी गराउनु भयो । हालसम्म १ सय ७० जनालाई राहत वितरण गर्दा ३० लाख ५ हजार ५ सय रुपैयाँ राहत वितरणमा खर्चिएको बताउनु भयो ।
प्रत्येक व्यक्तिलाई १०÷१० हजारका दरले राहत वितरण गरेको सेजुवालले बताउनु भयो । नगरपालिकामा रहेको दमकल तिला, तातोपानी र गुठीचौर गाउँपालिका सम्मका केहिभेगमा सेवा दिने गरिएको उहाँको भनाइ छ । नागरिकको सहजताका लागि शव बहान र एम्बुलेन्स सेवा विस्तार गर्ने तयारीमा रहेको उहाँले जानकारी गराउनु भयो ।
मेयर सेजुवालका अनुसार काठमाण्डौ महानगरपालिकासँगको भगेनी सम्बन्धले धिमीमा पार्क र निर्माणाधिन रहेको भन्दै ललितपुर महानगरपालिसँगको भगेनी सम्बन्ध कायम गरी ३० लाख रकम सहयोग प्राप्त भएको सेजुवालले बताउनु भयो ।