
नौरते नेपाली, वैशाख २१ जुम्ला
नेकपा माओवादि केन्द्रका तातोपानी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विरवहादुर कुँवरले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने प्रतिवद्धता गर्नु भएको छ । तातोपानी गाउँपालिका भित्रका जनताको जीवन स्तर उस्कानको लागि आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उहाँले प्रतिवद्धता गर्नु भएको हो ।
यति बेला आफु चुनावी अभियानमा रहेको बताउँदै उहाँले जनताको लागि जे सकिन्छ त्यहि मात्रै काम गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले भन्नुभयो, तातोपानी गाउँपालिकामा रहेको प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै अर्थतन्त्र बलियो गर्ने योजना रहेको छ । जडिबुटीको भण्डार क्षेत्रका रुपमा रहेको तातोपानी गाउँपालिकाको नागरिकको जीवन स्तर सुधार गर्ने कार्यक्रम ल्याउने उहाँको भनाइ छ ।
अध्यक्ष पदका उम्मेदवार कुँवरले पर्यटकिय क्षेत्रका रुपमा गिडी दहमा बाटो पुराउने संकल्प गरेको बताउनु भयो । गिडिदह जाने पदमार्ग निर्माण गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि गन्तव्य स्थल बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । तातोपानीको जनताले जिताएमा तातोपानी धाराको व्यवस्थापन गर्दै पर्यटकलाई बढी आउने वातावारण बनाउने कुँवरले बताउनु भयो ।
उहाँले भन्नुभयो, गाउँपालिका भित्र स्थापना भएका साना उद्योगमा लगानि गर्दै युवाहरुलाई रोजगारी दिने बताउनु भयो । स्थानीय सरकारले साना उद्योगमा लगानि तथा स्थापना गर्छ उहाँले भन्नुभयो रोजगारीको लागि टाठा जानु पर्देन् । रोजागरलाई महत्व दिएको बताउदै कुँवरले स्वास्थ्य र शिक्षालाई अनिवार्य बनाउने प्रतिवद्धता गर्नु भएको छ ।
यस्तै अध्यक्ष पदका उम्मेदवार कुँवरले कृषिको आधुनिकरण गर्दै उत्पादनमा बृद्धि गर्ने लक्ष्य रहेको सुनाउनु भयो । किसानहरुका लागि विषेश कार्यक्रम ल्याउने उहाँको भनाइ छ । अध्यक्ष पदका उम्मेदवार कुँवर नेकपा माओवादि केन्द्र जुम्लाको अध्यक्ष समेत हुनुहुन्छ । नेकपा माओवादि केन्द्रबाट उपाध्यक्षमा रेउती रावल उम्मेदवार हुनुहुनछ ।