अध्यक्ष पदका उम्मेदवार शाहीको ६ खम्बे विकास मोडेल – Karnali News

अध्यक्ष पदका उम्मेदवार शाहीको ६ खम्बे विकास मोडेल

 २० बैशाख २०७९, मंगलवार ०९:१२  

वैशाख २० जुम्ला
तिला गाउँपालिकामा नेकपा एमालेले ६ खम्बे विकास मोडेल सार्वजनिक गरेको छ । एमाले बाट गाउँपालिका अध्यक्षका उम्मेदवार रेशम बहादुर शाहीले पालिका विकासको नयाँ मोडेल सार्वजनिक गर्नु भएको हो । अध्यक्षका उम्मेदवार शाहीले आफू स्पष्ट मोडेल सहित आएकोले उक्त मोडेलले गाउँपालिका मुहार फेरिने बताउनु भयो ।

उहाँको ६ खम्बे मोडेलमा शिक्षा, स्वास्थ्य, यातायात, कृषि, अपाङ्गमैत्री पालिका र सुशासन रहेका छन् । शाहीले भन्नुभयो, “काम गर्न आएको छु, गफ गर्ने र चुनाव जितेपछि आफ्नै बन्नेमा पर्दैन । एकपटक मात्र भोट दिएर हेर्नुस् ।

तिलालाई अब्बल र नमूना गाउँपालिका बनाउछु । गैर सरकारी क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव भएकाले त्यसलाई गाउँपालिकामा लागु गर्ने इच्छा छ । मलाई एक पटक सूर्य चुनवा चिन्हमा मतदान गरिदिनुहोस उहाँले भन्नुभएको छ ।

यी हुन् ६ खम्बे विकास मोडेल

१. गुणस्तरीय शिक्षाको आधार ः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार

२. निरोगी तिला ः स्वास्थ्य तिलावासी

३. सहज आवागमनको आधार ः दिगो यातायात पुर्वाधार

४. उन्नत कृषि ः किसानको समृद्धि

५. खुसी जेष्ठ नागरिक, सुखी बालबालिका ः अपाङ्गमैत्री तिला पालिका

६. सुशासनमा अब्बलता ः भ्रष्टाचारमुक्त तिला मेरो प्रतिवद्धता