पालिका मुखि नभई वडामुखि बजेट ल्याउने सुरतवहादुर शाहीको प्रतिवद्धता – Karnali News

पालिका मुखि नभई वडामुखि बजेट ल्याउने सुरतवहादुर शाहीको प्रतिवद्धता

 १९ बैशाख २०७९, सोमबार १७:५३  

एनिसा हमाल, वैशाख १९ जुम्ला
नेकपा एमाले तातोपानी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुरत शाहीले पालिका मुखि नभइ वडामुखि बजेट ल्याएर सुखि र समृद्ध तातोपानी गाउँपालिका बनाउने प्रतिबद्धता गर्नुभएको छ । पालिका भित्रका सबै वडामा एउटै खालको विकास आवश्यक नभएकाले आवश्यकताको आधारमा वजेट ल्याउने उहाँको भनाइ छ ।

जुम्ला सदरमुकाममा पत्रकार सम्मेलनाको आयोजना गर्दै उहाँले घोषणा सार्वजनिक गर्दै उहाँले यस्तो बताउनु भएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि आफुले पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएको र थोरै मतन्तारले पराजित भएकाले यस पटक पनि तातोपानी वासिले पहिलेको जस्तै गल्ति दोहोराएमा विकास निमार्णमा तातोपानी १० वर्ष पछि पर्ने शाहीले बताउनु भयो ।

यदि तातोपानीका वासिले आफुलाई मतदान गरी जिताएमा स्थानीय सरकार संचालन ऐन र कानुनमा रहि भ्रष्टाचार रहित तरिकाले समृद्ध पालिका बनाउन लागि पर्ने उहाँको प्रतिबद्धता रहेको छ । तातोपानी गाउँपालिकाको १ नम्बर वडामा खानेपानीको आवश्यता भएकाले त्यहाँको वडाबासिको लागि पहिलो प्रथामिकतामा खानेपानी घरघरमा पुराउने लक्ष्य रहेको पनि उहाँले सुनाउनु भयो ।

यस्तै तातोपानी धारा रहेको ३ नम्बर वडामा आन्तरिक र वाह्य पर्यटकहरु पनि त्यहाँ नुहाउनको लागि आउने भएकाले धाराहरुलाई व्यवस्थित गरी सुरक्षाकर्मीहरुको पनि व्यवस्था गर्ने र प्रवेशद्धारमा टिकट सिस्टम भएकाले त्यसको अन्त्य गरी निःशुल्क प्रवेश गर्ने वातवरण मिलाउने उहाँले बताउनु भयो ।

लिताकोटमा रहेको लछालकृति पैकलाको शालिक बनाइ ३ नम्बर वडालाई पर्यटकिय क्षेत्र बनाउने उहाँले बताउनु भयो । वडा नम्बर ४ मा गिडि दह, ठाकुरज्यूलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिनुका साथै एैरेनि देखि हाँकु जोड्ने पक्कि पुल निमार्ण गरिने उहाँको भनाइ छ । यस्तै हियाँ खोला र नगर भन्ने ठाउँमा पानीको विवाद रहेकोले उक्त समस्याको समाधान गरी एक घर एक धारा बनाउने उहाँले प्रतिबद्धता गर्नुभएको छ ।

यस्तै तातोपानी गाउँपालिकाको सबै भन्दा पिछडिएको क्षेत्र साविकको ताम्ती गाविस भएकाले यसलाइ विशेष क्षेत्र घोषणा गरी नदै डाबलाइ पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र जुम्ला जाजरकोट जोड्नको लागि निर्माणाधीन त्रिवेणी टोप्ला सडकमा बाह्रै महिना गाडि गुड्न सक्ने अवस्था नभएकाले सडकको स्तरउन्नति गरि सबैलाई सडकको पहुचमा पुराउने उहाँको भनाइ छ ।

पालिका अध्यक्ष उम्मेदवार शाहीका अनुसार प्रत्येक गाउँमा सडक विस्तार गर्ने, सबै क्षेत्रमा फोर जी सेवा विस्तार गरि सबै नागरिकलाई इन्टरनेटको पहँुचमा पुराउने, उच्च शिक्षा अध्ययनरत दलित, अपाङ्ग, जनजाति, छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने, १ देखि ५ कक्षा सम्म अँग्रेजी माध्यममा कक्षा संचालनको लागि आवश्यक निःशुल्क पाठ्यपुस्तकको व्यवस्था लगाएतका कुरालाई प्रथामिकतामा राखि काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

यस्तै पालिकालाई विशेष कृषि क्षेत्र घोषणा गर्ने, पालिका स्तरीय खेलकुद मैदानको स्तरन्नती गरि प्रत्येक वडामा कर्भड हल सहितको खेल मैदानको व्यस्था गर्ने, माध्यमिक तहका सम्पूर्ण विद्यालयहमा अनिवार्य आईसिटि कक्षा संचालनको व्यवस्था गर्ने, प्रत्येक वडामा बर्थिङ्गि सेन्टरको स्थापना गर्ने लगाएतका चुनावी एजेन्डा रहेको उहाँले सुनाउनु भयो ।

जातीय लैङ्गिक एवम् हरेक किसिमका विभेद मुक्त पालिका घोषणा गर्ने, एक गाउँ एक उत्पादन र एक गाउँमा दश उद्यमी निर्माण गरिने पनि उहाँले बताउनु भयो । नेकपा एमालेबाट तातोपानी गाउँपालिकामा उपाध्यक्ष पदमा ज्वाला चौलागाइले उम्मेदवारी दिनु भएको छ ।