
एनिसा हमाल, वैशाख १८ जुम्ला
वैशाख १८ जुम्ला । नेकपा एमालेका युवा नेता अमर रोकायाले आफु निर्वाचित भएमा आफ्नो वडालाई हाम्रो र राम्रो वडा बनाउन लागि पर्ने बताउनु भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि तातोपानी गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेबाट उम्मेदवारी दिनु भएका रोकायाले वडावासिले आफुलाइ विश्वास गरेर जिताएमा उनिहरुको विश्वास टुट्न नदिने प्रतिबद्धता गर्नुभएको छ ।
पाँच वटा मुख्य बुद्धाहरु राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको बताउँदै उहाँले पहिलो प्रथामिकता शिक्षा क्षेत्रलाइ दिने बताउनु भयो । आफ्नो वडामा भएका विद्यालयहरुको भौतिक संरचना निर्माण गरी शैक्षिक गुणस्तर बढाउन १ देखि ३ कक्षा सम्म अंग्रेजी माध्यमको पठनपाठनलाई जोड दिने उहाँले बताउनु भयो ।
दलित, गरिव र असाय विद्यार्थीको पहिचान गरी उनिहरुलाइ छात्रवृत्तिको व्यवस्था गर्ने पनि उहाँको भनाइ छ । यस्तै बृद्धबृदाहरुको स्वास्थ्य चेकजाँचको लागि गाउँमै शिविरहरु संचालन गर्ने, विभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय गरेर निःशुल्क स्वास्थ्य विमाको लागि पहल गर्ने, सुत्केरी, गर्भवति महिलाहरुको लागि एम्बुलेन्सको व्यवस्था गर्ने र ५ वर्ष मुनिका बालबालिकाहरुमा कुपोषण घटाउन स्वास्थ्यका कार्यक्रमहरुलाई जोड दिने रोकायाको भनाइ छ ।
यस्तै गएको कार्तिक पहिलो साता आएको बाढिले भौतिक संरचनाहरुमा ठुलै क्षति गरेकाले पुन निर्माणका कामहरुलाई पनि मुख्य प्रथामिकतामा राखेको उहाँले बताउनु भयो । आफ्नो वडामा उत्पादित कृषि रैथाने बालिको संक्षण गर्दै उत्पादनमा अझै जोड दिने पनि उहाँको भनाइ छ । आफुले पहिले देखि नै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएकाले वडाध्यक्षमा निर्वाचित भएमा अझै जनताको सेवा गर्न सहज हुने विश्वास लिएको उहाँले बताउनु भयो ।
स्थानी तहहरुमा भ्रष्टचार व्यापक रुपमा हुन्छ भन्ने नागरिकको जनगुनासो रहेकाले न्युनिकरणको लागि पहल गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको छ । यस्तै तातोपानी गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमालेको तर्फबाट चन्द्रमान बुढाले उम्मेदवारी दिनुभएको छ । वडाबासीका आधारभुत आवश्यकता पुरा गर्नको लागि आफुले वडाध्यक्षमा उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।
२०७४ को स्थानीय तहको चुनावमा पनि आफुले उम्मेदवारी दिएको र थोरै मात्र मतान्तरले पराजित भएकाले यो पटकको निर्वाचनमा आफुलाइ मत हाली सहयोग गरिदिन उहाँले सम्पुर्ण वडा बासिलाई आग्रह पनि गर्नुभएको छ । अघिल्लो निर्वाचनको बेला गरेका प्रतिबद्धताहरु पराजित भएको कारणले पुरा गर्न नसकेकोले यो पटकको चुनावबाट जित हात पारि २ नम्बर वडालाइ सुखि र समृद्ध बनाउने लक्ष्य रहेको उहाँले सुनाउनु भयो ।