नेकपा एसका वडाध्यक्ष पदका उम्मेदवार एमाले प्रवेश – Karnali News

नेकपा एसका वडाध्यक्ष पदका उम्मेदवार एमाले प्रवेश

 १७ बैशाख २०७९, शनिबार १४:२४  

वैशाख १७ जुम्ला
नेकपा एकिकृत समाजवादि पार्टीका वडाध्यक्ष पदका उम्मेदवार नारायण बहादुर खत्री नेकपा एमाले प्रवेश गर्नु भएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष पदका उम्मेदवार खत्री एमाले प्रवेश गर्नु भएको हो । खत्री सँगै अन्य पाँच जना पनि एमाले प्रवेश गरेका वडा अध्यक्ष धिरज जैशीले बताउनु भयो ।

उनीहरु पाँच जना नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरि एमाले प्रवेश गरेको वडा अध्यक्ष जैशीको भनाइ छ । पछिल्लो समय एमालेको सिद्धान्त अनुसार नै देश चलेको र देशलाई समृद्धि तर्फ लिन सक्ने भन्दै उनीहरु एमाले प्रवेश गरेका हुन् । वडा नम्बर ४ का वडाध्यक्ष पदका एमाले उम्मेदवार अमर बहादुर रोकायाका अनुसार वडामा एमालेको जित निश्चित भएको बताउनुभयो ।

एमालेको बिचार र सिद्धान्तले गर्दा अन्यपार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेको उहाँको भनाइ छ । देशभर चुनावी तालमेल भएकाले बेला एमालेलेलाई जनताको साथ रहेको रोकायाले बताउनु भयो । चुनावी मैदानको दौरानमा एमालेको घोषणा पत्र र बिचारलाई जनताको बिचमा प्रष्ट पार्ने काम भएको वडाध्यक्ष पदका उम्मेदवार रोकायाले जानकारी गराउनु भयो ।