
नौरते नेपाली, वैशाख १६ जुम्ला
तिला गाउँपालिका वडा नम्बर ३ सार्की वाडाका आगलागि पिडित मानसिंह सार्कीको परिवारलाई नगद रकम सहयोग भएको छ । काठमाण्डौँ निवासी तथा हाल ताईवानमा बस्ने रुपेश जोशीले आगलागि पिडित परिवालाई नगद सहयोग गर्नु भएको हो । जोशी आगलागि पिडित परिवार सार्कीलाई नगद १२ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
उक्त रकम शुक्रबारका दिन प्रेस चौतारी नेपाल जुम्लाका अध्यक्ष तथा रेडियो कर्णाली जुम्लाका कार्यक्रम संयोजक नौरते नेपालीले नासो अनलाईन मिडियाका संचालक अमरनाथ योगिको रोहोबरमा हस्तान्तरण गर्नु भएको छ । पिडित परिवारलाई तत्कालको लागि राहत होस भनेर जोशीले सहयोग गर्नु भएको हो ।
सोहि रकम जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ३ डाँडाकोट निवासी तथा हाल काठमाण्डौँमा बस्दै आउनु भएका डाक्टर गोविन्द नेपालीको समन्वयमा जोसीले पिडित परिवारलाई सहयोग गर्नु भएको छ । जोशीका सहयोग, डाक्टर नेपालीको समन्वय र पत्रकार नौरते नेपालीको सहजीकरणमा आगलागि पिडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
पिडित मानसिंह सार्कीको हातमा पत्रकार नेपाली नगद १२ हजार रकम दिनु भएको हो । रकम सहयोग गर्ने जोशीले आगलाडिबाट मृत्यु भएका बालबालिका प्रति श्रदान्जली व्यक्त गर्नु भएको छ । मानवीय क्षतिले मन अमिलो बनाएको बताउँदै उहाँले दुखेका मनलाई सहयोग गर्नु धर्म भएको बताउनु भयो । रकम बुझ्दै पिडित मानसिंक सार्कीले सहयोग गर्ने जोशी प्रति आभारी ऋणी भएको बताउनु भयो ।
ताईवानबाट पठाएको सहयोग पाएको छु, पिडित सार्कीले भन्नुभयो मेरो दुखमा तपाईको सहयोगले दुखेको घाउमा मलहम् लगाउने काम गरेको छ । तपाईको सँधै भलाई होस, आम्रो जस्तो दुःख हजुरको घरमा कहिले नपरोस भनी जोसिको परिवार प्रति मानसिंहले कामना गर्नु भएको छ । रकम उपलब्ध गराउन पहल गर्ने डाक्टर नेपाली प्रति पनि पिडित परिवारले धन्यवाद दिएका छन् ।
काठमाण्डौँ बसेर पनि जुम्लाको पिडालाई आफ्ने ठानेर हामीलाई सहयोग गर्नु भएकोमा तपाइको जयजयकार होस हामी यहि कामना गछौँ मानसिंहले भन्नुभयो । मानसिंह सार्कीको घर जल्दा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीय छोरी अनु सार्की, तीन वर्षीय छोरी दर्शना सार्की, १ वर्षीय छोरा दीपेश सार्की र भान्जी १४ वर्षीय तिर्सना सार्कीको ज्यान गएको छ ।