
कालीवहादुर परियार, वैशाख १५ जुम्ला
चन्दननाथ नगरपालिकामा बाल विवाह न्यूनिकरण सम्बन्धी रणनीतिक योजना निर्माणको कार्य थालनी भएको छ । नरपालिका भित्र हुने बाल विवाह न्युजिकरण गर्नको लागि रणनीतिक योजना निर्माण गनै लाथिएको हो । किर्डाक नेपालको आर्थिक सहयोग र चन्दननाथ नगरपालिकाको आयोजना कार्यशाला गोष्ठीको आयोजना गरि रणनीतिक योजना तयार गर्न थालिएको हो ।
नगरपालिका भित्र हुने गरेको बाल विवाहको अबस्था बिश्लेषण गरि सके पश्चात रणनीतिक योजना बनाउने कार्यको सुरुवात गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ । उक्त रणनीतिक योजनामा बाल विवाह न्युनिकरण गर्नको लागि अभियान संचालन गर्ने, जनचेतनामुकल कार्यक्रम गर्ने, बाल विवाह हुनुको कारण पहिचान गर्ने, विद्यालय स्तरमा बाल विवाह सम्बन्धि कार्यक्रम गर्ने, सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गर्ने जस्ता विषयहरु समावेश गरिने भएको छ ।
नेपालको संविधानले नै बाल विवाह गर्न र गराउन बन्देज गरेको हुनाले कानुन विपरित काम गर्न नहुने कार्यशाला गोष्ठिका प्रशिक्षक अधिवक्ता अनिता तिमिल्सीनाले बताउनु भयो । उहाँका अनुसार नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा (५) मा कुनैपनि बाल बालिकाले बाल विवाह गर्न नपाइने व्यवस्था रहेको जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो, कानुन विपरित कार्य गरेमा दण्डनीय हुने गरि प्रतिबन्ध लगाएको अधिवक्ता तिमिल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस्तो कार्यबाट पिडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरिएको बताउनु भयो । रणनीतिक योजनामा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०६८ शासनको प्रबद्र्धनबाट बाल अधिकार प्राप्त भई बालबालिकाको लागि आवश्यक सेवाको उपलब्धता र गुणस्तरमा उल्लेखनीय सुधार भई सेवाको सुनिश्चितता भएको हुनेछ भन्ने उल्लेख गरेको उहाँले बताउनु भयो ।
तिमिल्सीनाका अनुसार रणनीतिक योजना निर्माण कार्यले बालिका र किशोरीको सशक्तिकरण, गुणस्तरीय शिक्षा, कानुन र नीतिको सुदृढीकरण र कार्यान्वयन गर्ने लगायतका बिषय उल्लेख गरिएको बताउनु भयो । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ११ मा उल्लेखित विवाह सम्बन्धी कसुर अन्तर्गत सो ऐनको दफा १७३ को उपदफा (१) बमोजिम विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन र सोही दफाको उपदफा २ बमोजिम २० वर्ष नपुगी भएको विवाह स्वत बदर हुने व्यवस्था रहेको बताउनु भयो ।
सोही दफाको उपदफा ३ बमोजिम २० वर्ष नपुगि विवाह गर्ने गराउने कसूर गरेमा सो व्यक्तिलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको बताईएको छ । चलन चल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह बाल विवाह भएको चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रसासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बनेको रणनीतिक योजनाबाट आएका जिज्ञासालाई पालिकाको अनुमोदन गरिसके पछि कार्यान्वयन गर्ने बताउनु भयो ।
यस्तै वल्र्ड भिजन इन्टरनेश्नल नेपालका फिल्ड कोडिनेटर भेष बहादुर रावलले विभिन्न क्षेत्रबाट आफ्नो कर्तव्य र आफ्नो अधिकारका बारेमा थाहा पाउन जरूरत रहेको बताउनु भयो । उहाँका अनुसार बाल विवाहमा न्युनिकरणमा अभिभावक पनि लाग्नु पर्ने बताउनु भयो । बाल विवाह सम्बन्धि कानुन नबनेका हाईनन उहाँले भन्नभयो, तर बनेका कानुनको पनि कार्यान्वयन नहुदा समस्या भएको बताउनु भयो ।
अब यसको लागि बनेको रणनीतिक योजनाले बाल विवाहको केहि हतसम्म न्यूुीकरण हुने उहाँको भनाइ रहेको छ । यस्तै किर्डाक नेपालका फिल्ड प्रोग्राम म्यानेजर पंकज शाहीका अनुसार बैबाहिक जीवन सुखद रहेमा घरपरिवार देखि सुभचिन्तक सवै खुसी र सुखी हुने बताउनु भयो ।
तर कसैको सम्वन्ध कुनै कारणले असफल भएमा घरपरिवार, आफन्त देखि समाजमा समेत यसको प्रतिकूल असर पर्ने उहाँको भनाइ छ । शाहीका अनुसार बैबाहिक जीवन असफल भएका कारण हत्या, आत्महत्या, यातना जस्ता अमानवीय घटनाहरु पनि घट्ने गरेको बताउनु भयो ।