विकासलाई संस्थागत गर्ने अध्यक्ष पदका उम्मेदवार खत्रीको भनाइ – Karnali News

विकासलाई संस्थागत गर्ने अध्यक्ष पदका उम्मेदवार खत्रीको भनाइ

 १५ बैशाख २०७९, बिहीबार १९:१२  

नौरते नेपाली, वैशाख १५ जुम्ला 
नेकपा एमाले हिमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जयवहादुर खत्रीले संस्थागत विकास गर्ने प्रतिवद्धता गर्नु भएको छ । हिमा गाउँपालिका अध्यक्ष पदमा विजयी भएमा हिमाको विकास संस्थागत गर्ने उहाँको प्रतिवद्धता रहेको छ । छरपस्ट रुपमा भएको विकासलाई एकिकृत गर्दै नमूना योग्य गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

खत्रीका अनुसार भ्रष्टचार न्युनिकरण गर्ने, विकास निर्माणका कार्यलाई गुणस्तर कायम गराउने, स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानी र यातायातको विकास गर्दै समृद्ध हिमा बनाउने सपना बोकेर अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनु भयो । उहाँले भन्नुभयो, हिमा नदिको पानीलाई सदुपयोग गर्दै प्रत्येक बस्तिमा सिंचाई पुराउने प्रण गर्नु भएको छ ।

अध्यक्ष पदमा विजयी भएको खण्डमा विवादित रहेको गाउँपालिकाको प्रशासनिक केन्द्रको टुगो लगाउने, खसकदो अवस्थामा रहेको शिक्षा क्षेत्रलाई राम्रो बनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गर्ने, हिमा गाउँपालिकामा रहेका प्राविधिक शिक्षाको विकास गर्ने, रैथाने बालिको पकेट क्षेत्र घोषणा गर्दै बजारीकरणमा जोड दिने उहाँको भनाइ छ ।

अध्यक्ष पदका उम्मेवार खत्रीले हिमा गाउँपालिकाका विभिन्न बस्तीमा निर्माण भएको सडको स्तरवृद्धि गर्दै बाह्रै महिना सवारी चल्ने बनाउने बताउनु भयो । साथै मोफ्ला गाउँ जाने हिमा नदिमा पक्की पुल निर्माण गरि नागरिकलाई आवत जावतमा सहज गर्ने उहाँले बताउनु भयो । हिमा गाउँपालिका जुम्लाका उपाध्यक्ष पदमा नेकपा एमालेबाट भागीरथी शाहीले उम्मेदवारी दिनु भएको छ ।

समग्र महिलाको विकास र शसक्तिकरणका लागि आफुले उम्मेदवारी दिएको उहाँको भनाइ छ । आर्थिक हिसाबले पछि परेका महिलालाई उद्यम विकास कार्यक्रम मार्फत मजबुद गर्ने लक्ष्य रहेको उहाँले बताउनु भया । महिला बलियो भएमा घरको आर्थिक अवस्था बलियो हुने उहाँको बुझाइ छ ।

यसैगरी, नेकपा एमालेबाट हिमा गाउँपालिका वडा नम्बर १ मा संगम शाही, २ मा बिरवहादुर रोकाया, ३ मा लालचन्द्रनाथ योगी, ४ मा मानवहादुर शाही, ५ मा मेघवहादुर शाही, ६ मा धर्मराज अधिकारी र वडा नम्बर ७ मा धनबिरे बुढाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेकपा एमाले हिमाले हिमा गाउँपालिका वडा नम्ब ६ जलजली हुँदै डाँडाबाडासम्म चुनावी अभियान पनि थालेको छ ।

चुनावी अभियानका क्रममा २०५४ सालमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भइ लामो नेकपा माओवादि केन्द्रमा रहनु भएका मनरुप खत्री नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । यसैगरी, दिपवहादुर खत्री, देविलाल उपाध्याय र सोभिना खत्री नेकपा एस परित्याग गरि नेकपा एमालेमा समावेश भएका छन् ।

सर्पराज खत्री, दलसिंह खत्री, ज्योति खत्री, तुल खत्री, पद्मा खत्री, तोबिना खत्री, बासुदा न्यौपाने र दानकला खत्री नेकपा माओवादि केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले हिमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार खत्रीले जानकारी गराउनु भयो ।