
नौरते नेपाली, वैशाख १५ जुम्ला
नेकपा एमालेबाट सिंजा गाउँपालिका जुम्लाको अध्यक्ष पदमा युवा नेता समुन आचार्य र उपाध्इक्षमा कल्पना बुढाको उम्मेदवारीले हलचल पैदा गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको ज्ञान र अनुभव भएका आचार्यको उम्मेदवारीले सिंजाबासिलाई मतदानको लागि आतुर बनाएको छ । उहाँको उम्मेदवारीले सिंजाको विकास र समृद्धिमा अग्रगामी छर्लाङ्ग मार्ने धेरैले अनुमान गरेका छन् ।
आचार्यलाई सूर्य चिन्हमा मतदान गर्नको लागि सिंजाका मतदाताहरुले बेग्र प्रतिक्षा गरेका छन् । राष्ट्रिय स्तरमा राम्रो छबि भएको, सिंजाको विकास गर्न सक्ने, अन्तराष्ट्रिय स्तरको अनुभवका आधारमा विकास गर्न सक्ने युवाका रुपमा सिंंजाका जनताले आचार्यलाई बुझेका छन् । आचार्यको उम्मेदवारीलाई सिंजाका जनताले चासोका साथ हेरेका छन् ।
अध्यक्ष पदका उम्मेदवार आचार्यले राजनीतिक शास्त्रमा ब्याचुलर र स्नातककोत्तर पास गर्नु भएको छभने डिप्लोमा सिभिल ईन्जिनियर पनि पास गर्नु भएको छ । आचार्यले बौद्धिक र सालिन उम्मेदवारका रुपमा परिचित हुनुहुन्छ । सबैको प्रिय पात्रका रुपमा आचार्य चिनिनु भएको छ । सिंजाली जनताले राजेको र खोजेको उम्मेदवार यति बेला सिंजाका जनताले पाएका छन् ।
उहाँले एलएलबिको परिक्षा दिएर नतिजाको प्रतिक्षामा हुनुहुन्छ । २०७० सालमा सिटिभिटिको राष्ट्रिय अध्यक्ष भइ आचार्यले काम गर्नु भएको छ । २०६५ सालमा अनेरास्ववियु एसियन इन्जिनियरिङ्गको अध्यक्ष समेत भइ सक्नु भएको छ । २०६७ सालमा जुम्ला काठमाण्डौँ सम्पर्क मञ्चको अध्यक्ष भई काम गरेको अनुभव आचार्यसँग छ ।
यस्तै २०७२ सालमा रसियाको भ्रमण, सन् २०१७ मा विश्व युवा सम्मेलेनमा रसियाको सोची शहरमा पुगि उहाँले भाग लिनु भएको छ । यसैगरी, सन् २०१९ मा बालबालिकाको क्षेत्रमा सेवा गरे वापत युएई भ्रमणमा गएको बेला आचार्य सम्मानित भइ सक्नु भएको छ ।
अध्यक्षमा पदमा मेरो उम्मेदवारी यस कारण हो ?
सिंजाको जनताका न्याय, समनता र मुक्तिको आवाज बुलन्द गर्न, राज्यको पद र पहुँचमा नभएको सिंजालाई राज्यसँग प्रत्यक्ष जोड्न, सिंजाको स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, सडक, जलजमिन, जुडिबुटी र खस राज्यको पाला देखि १८४६ शोभन शाहीका पालासम्म शक्तिशालि राज्यको रुपमा स्थापित भएको सिंजाको विरासत फर्काउनको लागि अध्यक्षमा उम्मेदवारी दिएको आचार्यले बताउनु भयो ।
शिक्षामा
न्यून आय भएका घरपरिवारका विद्यार्थीहरुलाई वार्षिक रुपमा पोशाक र शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने र प्रत्येक बिद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । सिंजामा एक एक वहुप्राविधिक शिक्षालयको स्थापना गर्ने प्रतिवद्धता रहेको आचार्यको भनाइ छ ।
स्वास्थ्य तर्फ
अनिवार्य स्वास्थ्य बिमा, पालिकाको जिम्मा, एक विद्यालय, एक नर्स वडा स्तरीय घातक रोग, उपचार राहत कोष (३–१५ लाख सम्म सहयोग गर्ने), प्रत्येक स्वास्थ्य संस्थाको स्तर वृध्दी दक्ष स्वास्थ्य कर्मी व्यवस्थापन र प्रयोगशाला स्थापना, जन्मदर्ता संगै बैक खाता, दुइ सन्तान सम्मको लागि मात्र, (छोरा ५ हजार र छोरी १० हजार सम्म), एक पालिका एक निशुल्क एम्बुलेन्स सेवा र प्रत्येक महिनामा जेष्ठ र अशक्त नागरिकको लागि घुम्ती स्वास्थ्य सेवा उपलब्ध गराइने प्रतिवद्धता रहेको आचार्यले बताउनु भयो ।
भौतिक पूर्वाधार विकास तर्फ
गाउँगाउँमा सुधारिएको कालोपत्रे सडकको बिकास, टोलटोलमा शुद्ध खानेपानी र ढल निकास ।
काठे र झोलुंगे पुल बिस्थापित, आधुनिक पक्कि पुल स्थापित ।
खानेपानी तथा सरसफाई तर्फ
एक घर एक धारा, निशुल्क खानेपानी सवैको साहारा ।
एक घर एक जुठेल्नाको फोहोर, कम्पोस्ट मल बनाई कमाऔं मोहोर ।
स्वच्छ सफा नागरिक र सुरक्षित वस्ती बनाऔँ, हरित गृह आवासका लागि टोलटोलमा रुख लगाऔँ ।
विद्युुत र उर्जा
प्रत्येक घरमा राष्ट्रिय प्रसारण लाइन बिस्तार तथा २०० युनिट सम्मको बिजुली निःशुल्क ।
“स्थानीय स्तरमा जैविक ग्यास, बैकल्पिक उर्जाको अभ्यास” कार्यक्रम मार्फत (वायु, शौर्य र गोबर ग्यासमा) अनुदान ।
वर्षायाममा अस्थायी बसाइसराइ गर्ने घरपरिवारलाई उज्यालो कार्यक्रम मार्फत टुकीमारा उपलब्ध गराइने ।
उद्यमशिलता र रोजगारी
एक घर एक उद्यमी, आवस्यकताका आधारमा लगानी
गाउँ–गाउँमा तालिम घर, सम्वृद्धिको लागि नपरौं अरुको भर
युवाको लागि शैक्षिक ऋण, स्वदेसमै बनाऔ सुनौला दिन
कृषि तथा पशुपंक्षी
कृषिमा यान्त्रिकीकरणको बिकाश गरौँ, अर्गानिक र उन्नत उत्पादनमा भर परौँ
१००–५०० सम्म भेडा तथा बाख्रा पालन गर्ने किसानको लागि खोर र खोपको उपलब्ध गराउने तथा पशुबिमा निशुल्क गराइदिने र भैशी तथा उन्नत जातको गाइ पालन गर्ने किसानलाई गोठ निर्माण गरिदिने ।
उत्पादित वस्तुको व्यवस्थित बजारीकरणको व्यवस्थापन गर्ने ।
युवा र खेलकुद
एक वडा एक खेल मैदान, राष्ट्रिय खेलाडी उत्पादनमा स्थानीय पहिचान ।
शारीरिक व्यायमबाट तन्दुरुस्ती तन, हरेक पालिकामा तालिम तथा खेल प्रशिक्षक व्यवस्थापन ।
एक विधालय एक खेलकुद प्रशिक्षकको दरबन्दी सहितको व्यवस्था ।
सहकारी
गाउँ गाउँमा सहकारी, उत्पादनको भकारी ।
घर घरमा बचत, सुपथ मुल्यको पसलमा खपत ।
सहकारीमा महिला नेतृत्वको बिकास गरौं, अर्थतन्त्र बलियो बनाउन अघि सरौं ।
पर्यटन पूर्वाधार बिकास तथा प्रवद्र्धन
टोल टोलमा हरित उद्यानको निर्माण, पर्यटन बिकासको ठोस प्रमाण ।
पुरातात्विक महत्व बोकेका बस्तुको प्रचारप्रसार तथा जिणओद्धार ।
गाउँ गाउँमा पर्यटकको लागि होमस्टे तथा खस कला संस्कृतिको प्रचारप्रसार केन्द्रको स्थापना ।
ऐतिहासिक महत्व बोकेका धार्मिक स्थल तथा संरचनाहरुको निर्माण तथा प्रचारप्रसार ।
समानता र सशक्तिकरण
समाजमा समानता र समताको नीति, हरेक कार्यमा महिला तथा दलित अनिवार्य उपस्थिति ।
समाजमा पछाडि पारिएका वर्गको उन्नति र उत्थानको लागि सामाजिक सुरक्षाको व्यवस्था ।
समान कामको समान ज्याला, श्रममा नगरौं हेला ।
बन तथा बातावरण
जडिबुटी संकलन, व्यवस्थापन र बजारीकरणमा सहयोग पुर्याउने तथा प्रसोधन केन्द्र स्थापना गर्ने ।
जडिबुटीको चोरीनिकासी तथा अव्यवस्थित संकलन कार्यलाई मर्यादित्त बनाउने ।
विपद तथा जोखिम व्यवस्थापन
बिपद्मा परेकाहरुलाई नाना, खाना र टिनको छानाको व्यवस्थापन ।
बाढी, पहिरो, भू–क्षय जान सक्ने स्थानमा तटबन्धन गर्ने ।
प्रत्येक गाउँमा विपद सहजकर्ता तयार गर्ने ।
सुशासन र पारदर्शिता
जनप्रतिनिधि जनता प्रति उत्तरदायी हुनै पर्नेछ ।
प्रत्येक ३ महिनामा खर्चको विवरण जनता सामु सार्वजनिक गर्ने ।
जनताको प्रत्यक्ष सहभागितामा विकासे कार्यक्रम तथा बजेट बाडफाड गर्ने ।
जनताको गुनासो सुनुवाई गर्ने संयन्त्रको बिकास गर्ने ।
जनतासंग जनप्रतिनिधि कार्यक्रम मार्फत प्रत्येक गाउँमा पुगेर जनताको गुनासो सुन्ने ।
पालिका अध्यक्ष पदमा सिंजाका जनताले जिताएमा माथिका सबै प्रतिवद्धताहरु हुबहु कार्यान्वयन गर्ने आचार्यले बताउनु भयो । उहाँका अनुसार प्रतिवद्धतामा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्नको लागि जनताले एक पटक सेवा गर्ने अवसर प्रदान गर्नेमा विश्वस्त भएको प्रतिक्रिया दिनुभयो ।