आगलागिबाट सुनारको तिन तले घर पुरै नष्ट – Karnali News

आगलागिबाट सुनारको तिन तले घर पुरै नष्ट

 १५ बैशाख २०७९, बिहीबार ०७:३९  

नौरते नेपाली वैशाख, १५ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर ३ नवासी चक्का सुनारको घरमा आगलागि भएको छ । आगलागि हुँदा सुनारको तिन तले घर पुरै नष्ट भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनु भयो । उहाँका अनुसार बुधबार राति आगलागि भएको जानकारी गराउनु भयो । घरमा आगलागि हँुदा मानवीय क्षति नभएको रिजालको भनाइ छ ।

क्षतिको विवरण आई नसकेको उहाँले जानकारी गराउनु भयो । आगलागि हुने वितिकै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटना स्थलमा पुगेको हुनाले अन्य घरहरुमा क्षति नभएको रिजालले बताउनु भयो ।

उहाँका अनुसार सबैको प्रयासमा विहिबार विहान ६ बजेतिर आगलागि नियन्त्रणमा आई सकेको जानकारी गराउनु भयो । आगलागिबाट पुरै घर जलेको हुनाले सुनारको परिवार विस्थापित भएको रिजालले बताउनु भयो ।