माओवादि केन्द्रका कार्यकर्ता बिच हिमामा एक आपसमा कुटाकुट – Karnali News

माओवादि केन्द्रका कार्यकर्ता बिच हिमामा एक आपसमा कुटाकुट

 १४ बैशाख २०७९, बुधबार १८:४७  

वैशाख १४ जुम्ला
हिमा गाउँपालिकामा नेकपा माओवादि केन्द्रका कार्यकर्ता बिच एक आपसमा कुटाकुट भएको छ । गाउँपालिका उपाध्यक्ष पदका विषयमा विवाद भएपछि कुटाकुट भएको हो । नेरश भण्डारी र कार्मा लाईनका कार्यकर्ताहरुका बिच कुटाकट भएको हो ।

वैशाख १२ गतेका दिन नेकपा माओवादि केन्द्रबाट हिमा गाउँपालिका जुम्लाको उपाध्यक्ष पदमा कल्पना परियारको मनोनयन दर्ता भएको र विनसा रोकायाले दिएको स्वतन्त्र उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्ने क्रममा माओवादिकै एक पक्षले झुकाएको भन्दै विवाद हुँदा कार्यकर्ताहरुका बिच कुटाकुट भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताउनु भयो ।

माओवादिका कार्यकर्ताहरु बिच ढुङ्गामुडा हुँदा नेमकिपाका कार्यकर्ता छत्रवहादुर अधिकारी घाइते हुनु भएको छ । घाइते अधिकारीको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइ रहको छ । माओवादिका कार्यकर्ताहरु बिच विवाद भएको पार्टी अध्यक्ष विरवहादुर कुँवरले बताउनु भयो ।

पार्टीका कार्यकर्ताहरुका बिच धादली भएको उहाँको भनाइ छ । विनसा रोकाया पक्षका कार्यकर्ताहरुले धादली गरेको कुँवरले बताउनु भयो । चुनाव प्रचारका लागि आफु ताम्तीमा भएकाले विवादका विषयमा विस्तृतमा जानकारी नभएको उहाँले बताउनु भयो ।